भक्तपुरबाट मोटरसाइकल चोरेर भाग्दै गरेका २ जना पक्राउ

काठमाडौं–भक्तपुरबाट मोटरसाइकल चोरेर मकवानपुरतर्फ लैजाँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भएर भैंसेपाटी बस्ने २५ वर्षीय ब्रिजन तामाङ र भक्तपुर सुडाल बस्ने २३ वर्षीय युनिक तामाङ छन् ।

आइतबार भट्टेडाँडा स्थित जगुमाया प्रहरी चौकीबाट खटिएको टोलीले चेकजाँच गर्न खोज्दा उनीहरू मोटरसाइकल नरोकीकन भागेका थिए । उनीहरूलाई पछ्याएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एक प्रहरी अधिकृतले बताए ।

आरोपीहरू सवार बागमती प्रदेश–०२–०४४ प ६९१२ र बा.३६ प ७९०८ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । सो मोटरसाइकल उनीहरुले भक्तपुरबाट चोरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीहरूलाई ललितपुर प्रहरीले थप अनुसन्धानका लागी प्रहरी वृत्त जगातीमा बुझाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...