फक्सवागनद्वारा युरोपमा नयाँ आईडी डट टिगुआन इलेक्ट्रिक एसयूभी सार्वजनिक, सन् २०२७ मा विश्वव्यापी लन्च गर्ने
फक्सवागनले युरोपेली बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक एसयूभी आईडी डट...
भारतले युरोपियन युनियनबाट आयात हुने कारमा भारी मात्राले कर घटाउने भएको छ । भारत सरकारको यस कदमले भविष्यमा युरोपबाट आयात हुने प्रिमियम कारको मूल्य निकै सस्तो हुनेछ । मिडिया रिपोर्टका अनुसार, हाल लाग्दै आएको ११० प्रतिशत करलाई घटाएर ४० प्रतिशतमा झार्न लागिएको हो ।
युरोपबाट आयत हुने कारमा कर घटाउन सहमत भएको भारतले कोटा भने निर्धारण गर्ने भएको छ । जसअनुसार, १५ हजार युरोभन्दा बढि मूल्य भएका कारमा मात्र कर कटौती हुनेछ भने यी कार २ लाख युनिटमा मात्र आायत गर्न पाइनेछ । विस्तारै कर घटाएर १० प्रतिशतसम्मा झार्न सकिने उल्लेख गरिएके छ ।
यद्यपि, घरेलु उत्पादकहरूलाई सुरक्षा दिन पहिलो ५ वर्षको लागि ईभीलाई भने आयत शुल्क कटौतीको लाभ उपलब्ध नहुने संभावना देखिएको छ ।
आयातमा कर घटेपछि युरोपका प्रख्यात ब्रान्ड फक्सवागन, रेनो, स्टेलान्टिस, औडी र बिएमडब्लु तथा मर्सिडिज बेन्ज जस्ता ब्रान्डले भारतीय बजारमा राम्रो उपस्थिती जनाउने अपेक्षा गरिएको छ । साथै, उनीहरूका लागि स्थानीय रूपमा उत्पादन गर्नुअघि आयातित सवारी साधनहरू बेचेर बजार परीक्षण गर्ने अवसर समेत प्राप्त हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...