फिलिपिन्सका टप फाइभ अटो ब्रान्डमा प्रवेश ग-यो बीवाईडी, बजार संरचनामै ठूलो परिवर्तन

फिलिपिन्सको अटोमोबाइल बजारमा चिनियाँ कार निर्माता कम्पनी बीवाईडी बजार हिस्साको आधारमा तेस्रो स्थानमा उक्लिएको छ । फिलिपिन्सको बजारमा कुनै चिनियाँ सवारी साधन निर्माता कम्पनी पहिलो पटक यसरी टप फाइभमा पर्न सफल भएको हो ।

यद्यपि फिलिपिन्सको चेम्बर अफ अटोमोटिभ म्यानुफ्याक्चरर्स (सीएएमपी) ले सन् २०२५ को आधिकारिक बिक्री तथ्यांक सार्वजनिक गरिसकेको छैन, तर अक्टोबरसम्म उपलब्ध पछिल्लो तथ्यांकका आधारमा बीवाईडी देशको तेस्रो ठूलो अटो ब्रान्ड बनेको देखिएको छ।

फिलिपिन्सका लागि बीवाईडीको आधिकारिक वितरक एसी मोबिलिटीले अक्टोबरसम्म २६ हजार १२२ युनिट सवारीसाधन बिक्री गर्दै तेस्रो स्थान सुरक्षित गरेको हो। यो उपलब्धिलाई फिलिपिन्सको अटो उद्योगमा ऐतिहासिक मोडको रूपमा हेरिएको छ।

विगत दशकौँदेखि फिलिपिन्सको अटो बजारमा पहिलो र दोस्रो स्थानमा क्रमशः टोयोटा र मित्सुबिसीको वर्चस्व रहँदै आएको छ। यी दुई जापानी ब्रान्डले संयुक्त रूपमा कुल बजारको दुई तिहाइभन्दा बढी हिस्सा ओगटेका छन्। यस्तो अवस्थामा तेस्रो स्थानका लागि मात्र अन्य ब्रान्डहरूबीच प्रतिस्पर्धा हुने गरेको थियो।

तर बीवाईडीले निसान, फोर्ड र सुजुकी जस्ता स्थापित ब्रान्डहरूलाई उछिन्दै सन् २०२४ को तुलनामा ४४६ प्रतिशत बिक्री वढाएको छ। यही गतिमा वृद्धि कायम रहेमा बीवाईडीले निकट भविष्यमा मित्सुबिसीलाई समेत उछिन्न सक्ने अनुमान गरिएको छ, यद्यपि टोयोटाको प्रभुत्व तोड्न भने अझै समय लाग्ने देखिन्छ।

बीवाईडीको तीव्र वृद्धिले जापानी अटो निर्माताहरूलाई रणनीति पुनरावलोकन गर्न बाध्य बनाएको छ। टोयोटा मोटर फिलिपिन्सले गत महिना आफ्नो पहिलो ब्याट्री इलेक्ट्रिक भेइिकल (बीईभी) सार्वजनिक गरिसकेको छ भने मित्सुबिसीले अझै हाइब्रिड मोडल सार्वजनिक नगरे पनि त्यसतर्फ काम भइरहेको कम्पनी व्यवस्थापनले जनाएको छ।

बीवाईडीको असाधारण बिक्री वृद्धिको प्रमुख कारण सिगल ईभी हो, जसको मात्रै ४ हजार ६०८ युनिट बिक्री भएको छ। साथै सिलायन ६ मोडलले पनि बजारमा राम्रो प्रभाव पारेको छ। बीवाईडीले सन् २०२५ मा एकपछि अर्को गर्दै नयाँ मोडलहरू सार्वजनिक गरेको थियो र सन् २०२६ मा पनि सोही लय कायम रहने संकेत देखिएको छ।

विश्लेषकहरूका अनुसार बीवाईडीको उदयले फिलिपिन्सको अटो बजारमा मात्र होइन, दक्षिणपूर्वी एशियाली क्षेत्रमै प्रतिस्पर्धाको स्वरूप परिवर्तन गर्न सक्ने संकेत दिएको छ।

सम्बन्धित समाचारहरू

वुलिङ एयर इभीको मिडिया टेष्ट ड्राइभ सम्पन्न

वुलिङ एयर इभीको मिडिया टेष्ट ड्राइभ सम्पन्न

काठमाडौं– वुलिङ एयर इभीले आइतवार मिडिया टेष्ट ड्राइभ सम्पन्न गरेको छ ।...

यस्तो बन्यो टाटा नानोको ईभी अवतार

यस्तो बन्यो टाटा नानोको ईभी अवतार

टाटा मोटर्सले सर्वसाधारणलाई सुविधा दिनका लागि नानो कार सार्वजनिक गरेको...

नेपाली बजारमा भविष्य खोजिरहेका फरक मूल्य र फिचर सहित १५ सय सीसी क्षमताका २ चिनियाँ एसयूभी

नेपाली बजारमा भविष्य खोजिरहेका फरक मूल्य र फिचर सहित १५ सय सीसी क्षमताका २ चिनियाँ एसयूभी

नेपालीे बजारमा पछिल्लो समय चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...