भिनफास्ट भीएफ६ र भीएफ७ ले भारत एनक्यापबाट पाए ५ स्टार सेफ्टी रेटिङ

भिनफास्टका दुई इलेक्ट्रिक एसयूभी मोडल भीएफ६ र भीएफ७ ले भारत एनक्यापमा ५ स्टार मूल्याङ्कन प्राप्त गरेका छन् । दुबै मोडलले वयस्क यात्रु सुरक्षा र बाल यात्रु सुरक्षा दुवै श्रेणीमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष रेटिङ हासिल गरेका हुन्।

भारत एनक्यापले सार्वजनिक गरेको विवरण अनुसार भीएफ६ ले वयस्क यात्रु सुरक्षामा ३२ मध्ये २७.१३ अंक र बाल यात्रु सुरक्षामा ४९ मध्ये ४४.४१ अंक प्राप्त गरेको छ। त्यस्तै भीएफ७ ले वयस्क यात्रु सुरक्षामा ३२ मध्ये २८.५४ अंक र बाल यात्रु सुरक्षामा ४९ मध्ये ४५.२५ अंक हासिल गरेको छ।

क्र्यास परीक्षणका क्रममा दुबै मोडलले फ्रन्टल, साइड र पोल इम्प्याक्ट परीक्षणमा उच्च स्तरको सुरक्षा प्रदर्शन गरेका छन्। भीएफ६ मा फ्रन्टल टक्करको अवस्थामा चालकको छाती क्षेत्रमा सुरक्षा स्तर केही कम देखिएको भए पनि समग्र प्रदर्शनका आधारमा यसले ५ स्टार मूल्याङ्कन कायम राख्न सफल भएको छ।

भीएफ६ र भीएफ७ दुबैमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ईएसपी, ३६० डिग्री क्यामेरा र लेभल २ एडास प्रविधि समावेश गरिएको छ। यी दुबै मोडलले कम्प्याक्ट र मिड–साइज इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा टाटा नेक्सन ईभी, टाटा कर्भ र महिन्द्रा एक्सयूभी४०० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचारहरू

नानोभन्दा सानो इलेक्ट्रिक कार ल्याउँदै भिनफास्ट, एमजी कमेटलाई दिनेछ कडा चुनौती

नानोभन्दा सानो इलेक्ट्रिक कार ल्याउँदै भिनफास्ट, एमजी कमेटलाई दिनेछ कडा चुनौती

भिनफास्टले भारतीय बजारमा आफ्नो दुई नयाँ इलेक्ट्रिक एसयूभी भीएफ६ र भीएफ७...

परीक्षणको क्रममा देखियो भिनफास्ट भीएफ ई३४

परीक्षणको क्रममा देखियो भिनफास्ट भीएफ ई३४

भिनफास्टले चाँडै नै आफ्नो इलेक्ट्रिक एसयूभी भारतमा लन्च गर्ने सम्भावना छ...

टेस्ला र भिनफास्टले १५ अगस्टमा भारतीय अटोमोबाइल क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने

टेस्ला र भिनफास्टले १५ अगस्टमा भारतीय अटोमोबाइल क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने

१५ जुलाई २०२५ भारतको इलेक्ट्रिक सवारी साधन उद्योगका लागि ऐतिहासिक दिन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...