काठमाडौंबाट हराएका ५० मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजी गरेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बुधवार दुईपांग्रे सवारी हस्तान्तरण गरेका हुन् ।

रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा आफ्नो सवारी भेट्टाइदिएकोमा सवारी धनीले अनुसन्धानमा संलग्न प्रहरीलाई मिठाइ खुवाए ।

पछिल्लो २५ दिनको अवधिमा ५० वटा दुईपांग्रे सवारी फेला पारिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी नरेश सुवेदीले बताए । उनले भने, ‘मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेर मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका युनिटमा पठाएका छौँ ।’

पुस महिनामा मात्र ट्राफिक प्रहरीले ९२ वटा मोटरसाइकल र स्कुटर फेला पारेको छ । पुसमा महिनामा ३०५ वटा दुइपांग्रे सवारी हराएको निवेदन आएको एसपी सुवेदीले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

क्यानाडामा जब ट्रक ड्राइभरलाई कोभिड खोप अनिबार्य गर्ने नियम लागु गरियो

क्यानाडामा जब ट्रक ड्राइभरलाई कोभिड खोप अनिबार्य गर्ने नियम लागु गरियो

क्यानाडामा ट्रक ड्राइभरलाई कोभिड खोप अनिबार्य पार्ने सरकारी नियमसंगै...

नम्बर प्लेट नराखी चलाइएका २१९ मोटरसाइकल नियन्त्रणमा

नम्बर प्लेट नराखी चलाइएका २१९ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल...

निर्वाचनको दिन वैशाख ३० गते सवारी साधन नचल्ने

निर्वाचनको दिन वैशाख ३० गते सवारी साधन नचल्ने

काठमाडौं – स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान हुने दिन वैशाख ३० गते...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...