भारतिय बजारका लागि टोयोटाको पहिलो ईभी सार्बजनिक, यस्तो छ विशेषता

टोयोटाले भारतिय बजारका लागि आफ्नो पहिलो विद्युतीय एसयुभी अर्बन क्रूजर एबेला सार्वजनिक गरेको छ । मारुति सुजुकी ई–भिटारामा आधारित सो नयाँ ईभीमा एउटै बडी शेल प्रयोग गरिएको छ । ई–भिटराभन्दा फरक देखाउन टोयोटाले यसको फ्रन्ट लुक्समा भने केही परिमार्जन गरेको छ ।

अर्बन क्रूजर एबेलामा सेग्मेन्टेड एलईडी डीआरएल र फरक फ्रन्ट बम्परको साथ स्लीक ¥यापराउन्ड हेडल्याम्प राखिएको छ । यसमा ई–भिटारा जस्तै लाइट बारद्वारा जोडिएको एल–आकारको टेललाइट दिइएको छ ।

अर्बन क्रूजर ईभीमा ई–भिटारा जस्तै ड्यासबोर्ड राखिएको छ । डुअल स्क्रिन लेआउट दिइएको यस ईभीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, पावर्ड ड्राइभर सिट, सनरुफ, जेबीएल अडियो सिस्टम, एन्ड्रोइड अटो तथा एप्पल कारप्ले कनेक्टिभिटी, ३६०–डिग्री क्यामेरा र लेभल–२ एडास जस्ता धेरै उन्नत फिचर पाइनेछ ।

४९ किलोवाट आवर र ६१ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध यस ईभीको पावर १४२ बिएचपी तथा १७२ बिएचपी र टर्क १८९ एनएम छ ।
सो कार ५ मोनोटोन र ४ डुअल–टोन कलर अप्नसमा उपलब्ध हुनेछ ।

अर्बन क्रूजर एबेला मा टोयोटाले ८ वर्षको ब्याट्री वारेन्टी र ब्याट्री–एज–ए–सर्भिस विकल्प प्रदान गर्ने जनाएको छ । साथै, टोयोटाले यस ईभीमा ६० प्रतिशत एस्योर्ड बाईब्याक समेत प्रदान गर्ने बताएको छ ।

सम्बन्धित समाचारहरू

सेमीकन्डक्टर अभावबाट समस्यामा परेको अटो बजारमा तरलता अभावले अर्को संकट ल्याउन सक्ने

सेमीकन्डक्टर अभावबाट समस्यामा परेको अटो बजारमा तरलता अभावले अर्को संकट ल्याउन सक्ने

कोरोना महामारी र त्यसले निम्त्याएको लामो लकडाउनका कारण समग्र अर्थ...

अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अल्टो ८०० र क्विड लगायतका १७ कार अब उत्पादन नहुने

अब केही नयाँ ब्रान्ड र मोडलका कार खरिद गर्ने सोच बनाउनु भएको छ भने तपाईका...

फ्ल्याटबेड ट्रकमा राखेर ग्राहकको घरमा गाडी डेलिभरी गर्दै टोयोटा

फ्ल्याटबेड ट्रकमा राखेर ग्राहकको घरमा गाडी डेलिभरी गर्दै टोयोटा

ग्राहकले खरिद गरेको ब्राण्ड न्यू कारलाई टोयोटाले अब ग्राहकको ढोकासम्मै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...