बीवाईडी नेपालका धेरै नक्कली पेज र वेबसाइट, आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी

काठमाडौं - बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले बीवाईडी ब्रान्ड नाम दुरुपयोग गरी सञ्चालन भइरहेका नक्कली तथा अनधिकृत डिजिटल पेज र वेबसाइटहरू विरुद्ध सार्वजनिक सूचना जारी गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ ।

कम्पनीका अनुसार यस्ता नक्कली प्लेटफर्महरूले आफूलाई बीवाईडी नेपालको आधिकारिक माध्यम भन्दै ग्राहक तथा उपभोक्तालाई भ्रममा पार्ने प्रयास गरिरहेका छन्।

साइमेक्स इंकले ‘bydpromotionnepal.com’ नामक वेबसाइट, ‘BYD Dealler Fans’ नामको फेसबुक पेज, ‘BYD Promotion’ नामक टेलिग्राम समूह तथा यस्तै नाम भएका अन्य कुनै पनि डिजिटल प्लेटफर्महरू बीवाईडी नेपालका आधिकारिक सञ्चार माध्यम नभएको स्पष्ट गरेको छ। उक्त प्लेटफर्महरूसँग साइमेक्स इंक प्रालिको कुनै पनि प्रकारको सम्बन्ध, सहकार्य, आबद्धता वा आधिकारिक स्वीकृति नरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यी अनधिकृत डिजिटल प्लेटफर्महरूले गलत सूचना प्रवाह गर्दै विभिन्न अफर, योजना तथा प्रचारमार्फत ग्राहकलाई भ्रममा पार्ने र आर्थिक ठगी गर्ने उद्देश्य राखेको आशंका गरिएको छ। यसले ग्राहकको विश्वास, ब्रान्डको विश्वसनीयता तथा उपभोक्ता सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै साइमेक्स इंकले चासो व्यक्त गरेको छ।

सर्वसाधारण, ग्राहक तथा सरोकारवालाहरूलाई यस्ता नक्कली तथा अनधिकृत डिजिटल प्लेटफर्महरूसँग कुनै पनि प्रकारको सम्पर्क, प्रचार–प्रसार वा आर्थिक कारोबार नगर्न कम्पनीले आग्रह गरेको छ। नेपालमा बीवाईडी सवारीसाधन, अफर, बिक्रीपछिको सेवा तथा विभिन्न अभियानसम्बन्धी आधिकारिक जानकारीका लागि साइमेक्स इंकका प्रमाणित डिजिटल प्लेटफर्महरू तथा आधिकारिक डिलरहरूमार्फत मात्र जानकारी लिन अनुरोध गरिएको छ।

बीवाईडी ब्रान्ड नामको दुरुपयोग रोक्न तथा ग्राहक एवं उपभोक्ताको हित संरक्षण गर्न अनधिकृत डिजिटल प्लेटफर्महरू विरुद्ध आवश्यक कानुनी तथा नियामक प्रक्रिया अघि बढाइएको पनि कम्पनीले जानकारी दिएको छ। आगामी दिनमा यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायसँग सहकार्य गर्दै थप कदम चालिने साइमेक्स इंकले जनाएको छ।

सम्बन्धित समाचारहरू

परीक्षणको क्रममा देखियो केटीएमको इलेक्ट्रिक स्कुटर, छिट्टै लन्च हुने

परीक्षणको क्रममा देखियो केटीएमको इलेक्ट्रिक स्कुटर, छिट्टै लन्च हुने

केटीएमले.आफ्नो इलेक्ट्रिक स्कुटरको परीक्षण सुरु गरेको छ । केटीएमको पहिलो...

१६० किलोमिटरसम्म रेन्ज दिने कोमाकीको नयाँ इलेक्ट्रिक स्कुटर डिटी ३००० नेपाली बजारमा

१६० किलोमिटरसम्म रेन्ज दिने कोमाकीको नयाँ इलेक्ट्रिक स्कुटर डिटी ३००० नेपाली बजारमा

कोमाकी विद्युतीय स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक...

जापानी बजारमा बीवाईडीको नयाँ सानो इलेक्ट्रिक कार र्याक्को लन्च हुँदै

जापानी बजारमा बीवाईडीको नयाँ सानो इलेक्ट्रिक कार र्याक्को लन्च हुँदै

बीवाईडीले जापानको साना तथा साँघुरा सडकलाई लक्षित गर्दै नयाँ सानो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...