‘अल न्यू दिपल ई०७ – ट्रान्सफर्मर एक्स’ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयुभी ‘अल न्यू दिपल ई०७ – ट्रान्सफर्मर एक्स’ नेपालमा सार्वजनिक गरेको छ ।

एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले अत्याधुनिक एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहितको ट्रान्सफर्मर एक्स सार्वजनिक गरेका हन् ।

नयाँ ईभी सार्बजनिक गर्दै एमएडब्लु वृद्धिका विष्णु अग्रवालले इनोभेसन एमएडब्लुको डिएनएमै भएको बताए । ‘एमएडब्लुले सधैं भोलिको प्रविधिलाई आज नै प्रस्तुत गर्दै आएको छ । दिपल ई०७ ले नेपाली अटो बजारलाई पुन परिभाषित गर्नेछ । एमएडब्लु सदा ग्राहकको सन्तुष्टि र सेवामा समर्पित रहँदै आएको छ’ उनले भने ।

‘ह्वेन लक्जरी चुजेज एड्भेन्चर’ दर्शन रहेको ट्रान्सफर्मर एक्सको मुख्य आकर्षण कन्टिनियस ड्याम्पिंग कन्ट्रोल (सीडीसी)सहितको एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम हो, जसले भौगोलिक अवस्था हेरेर एसयुभीको ग्राउन्ड क्लेरेन्सलाई अधिकतम २२३ एमएमसम्म बढाइदिन्छ ।

उक्त विशेषताले नेपालको भौगालिक परिस्थितिमा असाधारण स्थिरता र आराम प्रदान गर्ने कम्पनीको भनाई छ । उच्च गतिमा ई०७ को ग्राउन्ड क्लेरेन्स स्वचालित रुपमा कम भएर एसयुभीलाई थप स्थिर बनाउने इन्टेलिजेन्ट फिचर पनि यसमा रहेको छ ।

दिपल ई०७ को पहिलो भर्सन गर्न वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभीका रुपमा नेपाली बजारमा प्रवेश गरेको थियो । नयाँ ट्रान्सफर्मर एक्सको आगमनसँगै दिपलले लक्जरी र एड्भेन्चर दुवैलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

नयाँ ई०७ मा लक्जरीको स्तरलाई पनि बेजोड बनाइएको छ । यसका चार वटै सिट मजास, हिटिंग, भेन्टिलेटेड र वेलकमिङ छन् । साथै यसमा विशेष जिरो ग्रयाभिटिी रिल्याक्सेसन मोड छ, जसले गाडी भित्रको वातावरणलाई वास्तवमै पर्सनल वेलनेस लाउन्जमा परिणत गरिदिन्छ । पछाडिका यात्रुले पनि ट्रंक अपरेसन, डोम खोल्ने, क्लाइमेट कन्ट्रोल गर्ने, सनसे र सिट फोल्डिङ नियन्त्रण गर्ने सक्नेछन् ।

यस एसयुभीलाई आफ्नो ट्रान्सफर्मर क्षमता मार्फत एसयुभी, पिकअप, क्याम्पिङ र आरभी गरी चार वटा छुटाछुटै रुपमा प्रयोग गर्न सकिन्छ । ५ मिटर लामो, ३१२० एमएम ह्विलवेस, ६५५ केजी पेलोड क्यापासिटी र क्लास लिडिङ १३१ लिटरको फ्रंकले यसको डिजाइन र उपभोगिता दुवैलाई बेजोड बनाइदिएको छ ।

यो सम्पूर्ण अनुभवलाई उर्जा दिन यसमा ८९.९८ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ, जसले एक सिंगल चार्जमा ५९० किलोमिटर डब्लुएलटीपी रेन्ट उपलब्ध गरउाँछ । यसमा २४० किलोवाटको डीसी चार्जसम्म सपोर्ट गर्छ भने ६०० एमएम वाटर वेडिङ क्यापासिटी, भीटुएल एक्सटनल पावर आउटपुछ र विशेष इनर्जी सेभिङ सिस्टम रहेको छ, जसको प्रयोगले ड्राइभिङ रेन्जलाई २० प्रतिशतसम्म वृद्धि गर्छ ।

अल न्यु दिपल ई०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ र यो हेवाइट, ब्ल्याक र ग्रेमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

दिपल ईभी अव चितवनमा पनि, टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु

दिपल ईभी अव चितवनमा पनि, टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु

चितवन–चांगानको नेपालक लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनबाट...

विरगञ्जमा सार्वजनिक भयो दिपल एस०५, विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज सुरु

विरगञ्जमा सार्वजनिक भयो दिपल एस०५, विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज सुरु

काठमाडौं–दिपलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मधेश...

चांगन गाडी किन्दा मलेसिया र सिंगापुर भ्रमण गर्न पाइने, अन्य छुट पनि

चांगन गाडी किन्दा मलेसिया र सिंगापुर भ्रमण गर्न पाइने, अन्य छुट पनि

चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी ‘नयाँ साल, साह्रै बब्बाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...