८८.६ किलोमिटर लामो भरतपुर बृहत् चक्रपथ सञ्चालनमा

चितवन– देशकै सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ आज भरतपुरमा उद्घाटन गरिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गरेका हुन् । स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव ६ किलोमिटर लामो चक्रपथ निर्माण कार्य सात वर्षअघि सुरु गरिएको थियो ।

विभिन्न चरणमा सम्पन्न हुँदै आएको सडकको अधिकांश खण्डमा काम पूरा भइसकेको छ भने केही स्थानमा कालोपत्र र अलाइनमेन्ट मिलाउने काम बाँकी रहेको छ ।

संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा अरबौँ रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त चक्रपथ अधिकांश स्थानमा पक्की भइसकेको बताइएको छ । केही स्थानमा व्यवस्थापनका काम बाँकी रहे पनि जनतालाई मर्का नपर्ने गरी सडक विस्तार गरिएको प्रमुख दाहालले बताइन् ।

आगामी दिनमा चक्रपथलाई दुई लेनमा स्तरोन्नति गर्ने योजना रहेको बताउँदै प्रमुख दाहालले भरतपुरमा भौतिक विकासले ठूलो फड्को मारेको दाबी गरिन् । हजारौँ किलोमिटर सडक कालोपत्र भइसकेको उल्लेख गर्दै अब सामाजिक विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिने उनले बताइन् ।

संघीय, प्रदेश र स्थानीय तहको लगानीमा निर्माण भएको उक्त चक्रपथको शिलान्यास २०७५ असार २९ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । महानगरपालिकाका अनुसार चक्रपथ नारायणगढको पुलचोकबाट गोलाघाटसम्म पुग्नेछ भने गोन्द्राङ हुँदै पटिहानी–जगतपुर मार्ग भएर पुनः गोलाघाटमै जोडिनेछ । रासस

सम्बन्धित समाचारहरू

चल्न थाले काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन

चल्न थाले काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन

काठमाडौं – जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौं...

सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

दमौली (तनहुँ) – देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा...

नागढुंगा सुरुङमार्गमा जेठ अन्तिमदेखि गाडी गुड्ने, सञ्चालनको जिम्मा चिनियाँ कम्पनीलाई

नागढुंगा सुरुङमार्गमा जेठ अन्तिमदेखि गाडी गुड्ने, सञ्चालनको जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं–नागढुंगा सुरुङमार्ग सञ्चालन र व्यवस्थापनको अन्यौल हटेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...