राइड शेयरिङ एप पठाओलाई नेपालमा विस्तार गरेका बस्न्यातले गरे काठमाडौं १ बाट उम्मेदवार बन्ने घोषणा

काठमाडौं - नेपालमा राइड शेयरिङ एप पठाओलाई फैलाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका असिम मानसिंह बस्न्यातले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएका छन् । आज एक अपिल जारी गर्दै बस्न्यातले सो घोषणा गरेका हुन् ।

बस्नेतले उद्यमीको रूपमा नेपालमै बसेर केही बनाउने क्रममा भोगेका अनुभवहरूले आफूलाई राजनीतिक जिम्मेवारीतर्फ अग्रसर गराएको बताएका छन्।

‘यो निर्णय सजिलो थिएन,’ उनले भने, ‘तर व्यवसाय र उद्यम सहज नभएसम्म क्षमता भएर पनि भविष्य अनिश्चित हुने यथार्थ मैले नजिकबाट देखेँ।’

राजनीतिमा प्रवेश गर्नुभन्दा पनि जिम्मेवारी लिन आएको स्पष्ट पार्दै बस्नेतले आफ्ना तीन मुख्य एजेन्डा सार्वजनिक गरेका छन्।

पहिलो, उद्यमशीलता र स्टार्टअपलाई प्रोत्साहन तथा समर्थन गर्ने नीतिगत व्यवस्था, युवाहरूले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ।

दोस्रो एजेन्डाका रूपमा उनले जवाफदेहिता र सुशासनलाई अघि सारेका छन्। ‘काम गर्नेले जवाफ दिनुपर्छ, निर्णय गर्नेले जिम्मेवारी लिनुपर्छ,’ भन्दै उनले यसलाई सुशासनको आधारका रूपमा व्याख्या गरे।

तेस्रो एजेन्डा अनुभव र नयाँ पुस्ताबीच सेतु निर्माण गर्ने रहेको उनले बताए। अनुभवी पुस्ता र युवाबीच संवाद, मार्गदर्शन र सहकार्यको संस्कृति विकास गरी समाजलाई एकजुट बनाउने लक्ष्य रहेको उनको भनाइ छ।

कुनै पार्टीबाट चुनाव लड्ने वा स्वतन्त्र उमेदवारका रूपमा अघि बढ्ने भन्ने कुरा भने उनले खुलाएका छैनन् । बस्न्यातले यो यात्रा एक्लै सम्भव नहुने उल्लेख गर्दै आम नागरिकको साथ, सुझाव, आलोचना र सक्रिय सहभागिताको आवश्यकता औँल्याएका छन् । “तपाईँहरूसँगै एक-एक पाइला अघि सार्दै परिवर्तनको लडाईँ लड्नु छ,” उनले भनेका छन् । नेपालमै सम्भावना छ भन्ने विश्वासलाई व्यवहारमा उतार्न सबैलाई यो यात्रामा सहभागी हुन उनले आह्वान गरेका छन् ।

उनले राइड शेयरिङ प्लेटफर्म पठाओलाई नेपालमा भित्र्याउने मात्र नभई देशमै राइड शेयरिङको संस्कृतिको विकास गर्दै गिग इकनोमीमार्फत सामाजिक–आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । पठाओ नेपाल नेपालमा भित्रिएको दिनदेखि उनको नेतृत्वमा सञ्चालन हुँदै आएको छ ।

तालिम प्राप्त तथा भेरिफाइड राइडर प्रणाली, दस लाख रुपैयाँसम्मको बीमा सुविधा, चौबिसै घण्टा सञ्चालनमा रहने कल सेन्टर लगायतका विशेषताका कारण उनको नेतृत्वमा पठाओ नेपाली बजारमा राइड शेयरिङ सेवाको पर्यायका रूपमा स्थापित हुन सफल भएको छ ।

सम्बन्धित समाचारहरू

इनड्राइभरको सेवा काठमाडौंमा शुरु : चालक तथा यात्रुलाई सोझै शुल्क मोलमोलाइको सुविधा

इनड्राइभरको सेवा काठमाडौंमा शुरु : चालक तथा यात्रुलाई सोझै शुल्क मोलमोलाइको सुविधा

काठमाडौं – अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले नेपालको सबैभन्दा...

के हो ट्राफिक प्रहरीले दिने २४ घण्टे पूर्जी ?

के हो ट्राफिक प्रहरीले दिने २४ घण्टे पूर्जी ?

सवारी साधनहरुको अवस्था, सो सवारी साधन चलाउने चालक तथा सवारीसँग सम्बद्ध...

सार्वजनिक सवारी सञ्चालनको लागी छलफल सुरु

सार्वजनिक सवारी सञ्चालनको लागी छलफल सुरु

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सवारी सञ्चालन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...