दीपल ई०७ को नयाँ संस्करण सार्वजनिक गर्ने तयारीमा एमएडब्लु वृद्धि, के–के छन् विशेषता ?

काठमाडौं–गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभी दीपल ई०७ लाई नेपाली अटोबजारमा सार्वजनिक गरेर नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लु वृद्धिले यो क्रान्तिकारी ईभीको नयाँ ग्राउन्ड ब्रेकिङ संस्करण ट्रान्सफर्मर एक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

ई०७ ले एउटा बटन थिच्ने बित्तिकै प्रिमियम एसयुभीबाट पिकअपमा रुपान्तरण हुने अद्भुत क्षमतामार्फत एसयुभीको परिभाषा नै बदलिदिएको थियो । अब ट्रान्सफर्मर एक्स यसै नवप्रबर्तनलाई अझ उचाइमा पुर्याउँदै लक्जरी, स्मार्ट कम्फर्ट र क्ष्मताको नयाँ स्तर स्थापित गर्न तयार रहेको कम्पनीले जनाएको छ ।

नयाँ ई०७ मा एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम रहेको छ जसले म्याजिक कार्पेटको अनुभव दिलाउँछ । यस अत्याधुनिक प्रविधिमा अन्टिनियस ड्याम्पिंग कन्ट्रोल(सिडिएस), अधिकतम २२३ एमएमसम्म समायोजना गर्न सकिने ग्राउन्ड क्लिरियन्स साथै सहज राजमार्ग र कठिन भूभाग दुवैका लागि छुटाछुटै ड्राइभिङ मोडहरु उपलब्ध छन्, जसले नेपालका विविभ सडक अवस्थामा उत्कृष्ट यात्रा कम्फर्ट र स्थिर ह्यान्डलिंग सुनिश्चित गर्छ ।

साथै नयाँ ई०७ मा चारै यात्रुका लागि मसाज, हिटेड, भेन्टिलेटेड र वेलकमिंग सिट रहेको छ जसले हरेक यात्रालाई फस्ट क्लास अनुभवमा परिणत गर्छ । प्रिमियम नाप्पा लेदर सिट, मेमोरीसहितको १४ वे पावर एड्जस्टेबल फ्रन्ट सिट र लामो यात्राका लागि विशेष जिरो ग्राभिटी रिल्याक्सेसन मोडले लक्जरी अनुभवलाई नयाँ उचाइमा पुर्याउनेछ ।

पछाडिका यात्रुहरुले पनि अझ बढी नियन्त्रण र सुविधा अनुभव गर्न सक्नेछन् । पछाडिको सिटबाटै ट्रंक र रियर डोम संचालन, सिटको हिटिङ र भेन्टिलेसनको स्वतन्त्र नियन्त्रण, सनसेड र एअर कन्डिसनिंग एड्जस्टमेन्ट साथै छुटै रियर सिट फोल्डिङ कन्ट्रोल सिस्टम उपलब्ध हुनेछ, जसले पछाडिको क्याबिनलाई नै लक्जरी कमाण्ड जोनमा रुपान्तरण गर्छ ।

यी सबै सुविधाले नयाँ दिपल ई०७ ट्रान्सफर्मर एक्सलाई अहिलेसम्मकै उन्नत संस्करणका रुपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

चांगनको थाइल्यान्ड प्लान्टबाट युरोप निर्यात सुरु, दिपल एस०५ सहितको पहिलो ब्याच प्रस्थान

चांगनको थाइल्यान्ड प्लान्टबाट युरोप निर्यात सुरु, दिपल एस०५ सहितको पहिलो ब्याच प्रस्थान

चांगनको थाइल्यान्ड प्लान्टले युरोपेली बजारका लागि निर्यात सुरु गरेको छ ।...

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

काठमाडौं– आर्थिक मन्दीका कारण अटोमोबाइल बजार अहिले निकै कठिन अवस्थाबाट...

‘इन्टेलिजेन्स’ र ‘लक्जरी’मा नयाँ मापदण्ड स्थापित गर्ने दिपल एस०७, यस्तो छ मूल्य र विशेषता

‘इन्टेलिजेन्स’ र ‘लक्जरी’मा नयाँ मापदण्ड स्थापित गर्ने दिपल एस०७, यस्तो छ मूल्य र विशेषता

काठमाडौं–चांगानको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...