मोडिफाई गरिएका ५६ दुईपाङ्ग्रे सवारी नियन्त्रणमा
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सवारीसाधनको स्वरूप परिवर्तन...
मुलुकमा गएको एक वर्षको अवधिमा करिब चार लाख वटा नयाँ सवारीसाधन दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा सो सङ्ख्यामा सवारीसाधन दर्ता भएको हो । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक प्रतिवेदनमा पछिल्लो एक वर्षमा मुलुकको सात वटै प्रदेशमा कार, जिप, भ्यान, बस, ट्रक, मोटरसाइकल, स्कुटरसहित सबै प्रकारका सवारीसाधन गरी जम्मा तीन लाख ७६ हजार ३९३ वटा सवारीसाधन दर्ता भएको जनाइएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आव २०८०/८१ को तुलनामा गत आव (२०८१/८२) मा ३७.८ प्रतिशतले नयाँ सवारीसाधन दर्ता बढेको हो ।
राष्ट्र बैङ्कको प्रतिवेदन अनुसार सो अवधिमा बागमती प्रदेशमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबभन्दा कम सवारीसाधन दर्ता भएका छन् । सो अवधिमा बागमती प्रदेशमा एक लाख ३५ हजार ८६६ सवारीसाधन दर्ता भएका छन् । आव २०८०/८१ को तुलनामा गत आव (२०८१/८२) मा यस प्रदेशमा सवारी दर्ता ३६.१ प्रतिशतले बढेको हो । त्यसै गरी यस अवधिमा सबभन्दा कम कर्णाली प्रदेशमा तीन हजार ९७७ वटा नयाँ सवारीसाधन दर्ता भएका छन् । यस प्रदेशमा आव २०८०/८१ को तुलनामा गत आव (२०८१/८२) मा सवारीसाधन दर्ता १.१ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसै गरी सवारीसाधन सबभन्दा बढी दर्ता हुनेमा लुम्बिनी प्रदेश दोस्रो स्थानमा छ । यस प्रदेशमा सो अवधिमा ८४ हजार ४६९ वटा नयाँ सवारी दर्ता भएका हुन् । आव २०८०/८१ को तुलनामा गत आव (२०८१/८२) मा यस प्रदेशमा सवारी दर्ता २२.४ प्रतिशतले बढेको हो ।
त्यसै गरी गत आव (२०८१/८२) मा मधेश प्रदेशमा ६८ हजार २५९ वटा सवारीसाधन दर्ता भएका छन् । आव २०८०/८१ को तुलनामा गत आव (२०८१/८२) मा यस प्रदेशमा सवारी दर्ता १८.१ प्रतिशतले बढेको हो । त्यसै गरी कोशी प्रदेशमा ५१ हजार १३४ वटा (१३.६ प्रतिशतले बढेको), गण्डकी प्रदेशमा १७ हजार ९६७ वटा (४.८ प्रतिशतले बढेको) र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२१ वटा (३.९ प्रतिशतले बढेको) नयाँ सवारी दर्ता भएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...