पेट्रोलमा इथानोल मिसाउन पाइने, के हो इथानोल ?

नेपाल आयल निगमले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय गरेको हो ।

उखु उद्योगीहरुको लामो प्रयासपछि अन्ततः सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने आदेश स्वीकृत गरेको हो । इथानोल मिसाउने योजना निगमले पहिलेदेखि बनाएको भए पनि अनुमति पाएको थिएन । अब मन्त्रिपरिषदबाट स्वीकृत कार्यविधि पाएपछि इथानोल माग गरिने निगमले जनाएको छ ।

हाल नेपालमा चिनी उद्योगीहरूले इथानोल उत्पादन गरिरहेका छन् । उनीहरूले मोलासिस (खुदो)लाई प्रशोधन गरेर इथानोल बनाउँछन । उक्त इथानोल हाल बंगलादेश निर्यात हूँदै आएको छ ।

इथानोलले सवारी साधनको इन्जिनबाट हुने उत्सर्जन कम गराएर प्रदूषण घटाउँछ । यो उखु, पराल, सुकेका घाँसलगायतका वस्तुबाट उत्पादन गर्न सकिन्छ । नेपालमा भारतबाट पेट्रोल आयात गर्नुपर्ने भएकाले विदेशी मुद्राको समेत बचत हुन्छ ।

भारत, ब्राजिल लगायतका देशले पेट्रोलमा १० देखि २५ प्रतिशतसम्म इथानोल मिसाइरहेको भएपनि नेपालमा २ प्रतिशतसम्म व्यवाहरिक बन्ने देखिन्छ । पेट्रोलमा मिसाउन ९९.५ प्रतिशत शुद्धता भएको इथानाले आवश्यक पर्छ ।

नेपालमा दैनिक करिब ४० लाख लिटर पेट्रोल खपत हुन्छ । पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिन्छ । यसरी हेर्दा एक वर्षमा १४ करोड ४० लाख लिटर पेट्रोलको आयात कम गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

पेट्रोलियम आयात करमा ५० प्रतिशत छुट दिने मन्त्रिपरिषद्को निर्णय

पेट्रोलियम आयात करमा ५० प्रतिशत छुट दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएको भन्सार महसुल र...

अब पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर १८ सय 

अब पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर १८ सय 

काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल,...

प्रदूषण घटाउने नयाँ विकल्प फ्लेक्स फ्युल, कति फाइदा कति वेफाइदा?

प्रदूषण घटाउने नयाँ विकल्प फ्लेक्स फ्युल, कति फाइदा कति वेफाइदा?

सवारी साधनको संख्या बढेसँगै वायु प्रदूषणको समस्या पनि गम्भीर बन्दै जान्छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...