हाल सम्मकै सर्बाधिक फिचरयुक्त सुजुकी भिक्टोरिस नेपालमा, सुरुवाती मूल्य ५० लाख ९९ हजार

काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ एसयूभी सुजुकी भिक्टोरिस भित्र्याएको छ । यही साता देशभरका शोरुममा उक्त एसयूभी पुग्ने र काठमाडौंका विभिन्न शोरुमहरुमा आज यसको औपचारिक लन्च भएको छ ।

सुजुकी भिक्टोरिस भारतमा गत भदौ महिनातिर लन्च भएको थियो । अब सो गाडी नेपालमा समेत उपलब्ध भएको हो । यसको सुरुवाती भेरिएन्टको मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकिएको छ । साथै, लन्चिङ अफर र मूल्य अन्तर्गत ग्राहकहरूका लागि नेपाली रुपैयाँ २ लाख सम्म सम्मको एक्सचेन्ज बोनस सीमित अवधिका लागि तथा पहिलो ५० बुकिङको लागि  उपलब्ध गराइने सीजी मोटोकर्पले जनाएको छ ।

यो हालसम्मकै सबैभन्दा धेरै फिचर भएको एसयूभी भएको कम्पनीको भनाइ छ । भविष्यमुखी डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको उत्तम समिश्रणका रूपमा यो एसयूभीलाई बजारमा उतारिएको कम्पनीले जनाएको छ । नयाँ भिक्टोरिसमा स्ट्रोङ हाइब्रिड, १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्पहरू उपलब्ध छन् । यो गाडी म्यानुअल र अटोमेटिक दुवै विकल्पमा उपलब्ध हुनुका साथै अत्याधुनिक रोड अवारनेस र सुरक्षाका लागि लेभल–२ एडीएएस प्रणालीले सुसज्जित छ । 

अत्याधुनिक सेफ्टी फिचर्स, रोड अवारनेस र मजबुत सुपेरियर बिल्ड क्यालिटीका कारण सो गाडीले ग्लोबल एनक्यापबाट ५ स्टार रेटिङ हासिल गर्न सफल भएको छ । ग्राहकको आराम, सुरक्षा र सुखद ड्राइभिङ अनुभवलाई मध्यनजर गर्दै यसमा आधुनिक समयका सबै आवश्यक सुविधाहरू समावेश गरिएको छ। आफ्नो दमदार पर्फर्मेन्स र अत्याधुनिक प्रविधिका कारण यो एसयूभीले प्रतिष्ठित 'इन्डियन कार अफ द इयर २०२५' को अवार्ड समेत जित्न सफल भएको छ । 

भिक्टोरिसमा धेरै नयाँ फिचर समावेश गरिएको छ। लेभल २ एडभान्स ड्राइभर असिस्ट सिस्टम, डल्बी एटमस अडियो सिस्टम, पावर्ड टेलगेट, भेन्टिलेटेड फ्रन्ट सिट, १०.२५ इन्च स्मार्टप्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम, एम्बियन्ट लाइटिङ, ७ इन्च डिजिटल ड्राइभर डिस्प्ले, सुजुकी कनेक्ट, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, हेड अप डिस्प्ले, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल र ६ एयरब्यागजस्ता फिचर यसमा रहेको छ ।

भिक्टोरिसले हुन्डाई क्रेटा, किया सेल्टोस, होन्डा एलिभेट, स्कोडा कुशाक र फक्सवागन टिगुआन जस्ता ४.३ मिटर खण्डका एसयूभीहरूसँग प्रतिस्पर्धा गर्नेछ। 

सम्बन्धित समाचारहरू

११ दिनपछि लन्च हुँदै नेक्स्ट–जेन मारुती डिजायर, यस्तो छ विशेषता

११ दिनपछि लन्च हुँदै नेक्स्ट–जेन मारुती डिजायर, यस्तो छ विशेषता

मारुति सुजुकीले नोभेम्बर ११ मा भारतीय बजारमा नयाँ जेन डिजायर लन्च गर्ने...

यस्तो छ मारुती सुजुकीले लन्च गर्न लागेको नयाँ फ्रंक्स क्रसओभर

यस्तो छ मारुती सुजुकीले लन्च गर्न लागेको नयाँ फ्रंक्स क्रसओभर

अटो एक्सपो २०२३ मा, मारुती सुजुकीले फ्रंक्स क्रसओभर सार्वजनिक गरेको थियो ।...

सुजुकीको थाइल्याण्ड प्लान्ट बन्द हुँदै, यस्तो छ कारण

सुजुकीको थाइल्याण्ड प्लान्ट बन्द हुँदै, यस्तो छ कारण

सुजुकी मोटर थाइल्याण्डले सन् २०२५ को अन्त्यसम्ममा देशमा रहेको आफ्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...