एमएडब्ल्यु ग्रुपले ग-यो विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी क्याटलसँग सहकार्यको घोषणा
काठमाडौं – नेपाली अटोमोबाइल उद्योगमा परिचित एमएडब्ल्यु ग्रुपले विश्वकै...
चांगनको थाइल्यान्ड प्लान्टले युरोपेली बजारका लागि निर्यात सुरु गरेको छ । थाइल्याण्डमा रहेको रायङ प्लान्टबाट चांगनको ५०० सवारी साधनको पहिलो ब्याच युरोप पठाइएको र जसमा दिपल एस०५ कम्प्याक्ट एसयूभी पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
रायङ प्लान्ट चांगनले विदेशमा खोलेको पहिलो न्यु इनर्जी भेइकल उत्पादनको आधार हो । सन् २०२३ मा १.९ अर्ब युआन (२७०.३ मिलियन अमेरिकी डलर) को कुल लगानीबाट सुरु भएको उक्त प्लान्टबाट यसै वर्षको मे महिनादेखि उत्पादन सुरु भएको थियो ।
वार्षिक १ लाख उत्पादन क्षमता भएको उक्त प्लान्टबाट चांगनले आफ्नो २ करोड ८५ लाख ९० हजार औं कारका रुपमा एस०५ लाई रोल आउट गरेको थियो । भविष्यमा यस प्लान्टबाट चांगनले बार्षिक २ लाख सवारीसाधन उत्पादन गर्ने लक्ष्य लिएको छ ।
एस०५ मा दिपलले फोरके इन्टेलिजेन्ट क्यामेरा दिएको छ । उक्त क्यामेरमा ६४जी स्टोरेज स्पेस उपलब्ध छ र यसमा २१ हजार फोटोहरु वा १२ घण्टाको भिडियो स्टोर गर्न सकिन्छ । त्यसैगरी यसमा भएको हुवावे एक्सपिक्सेलको सहयोगले चल्ने १.३ मिलियन पिक्सेलको इन्टेलिजेन्ट हेडलाइटले १२० इन्चको स्क्रिन प्रोजेक्सन गर्न सक्छ ।
यसमा भएको प्रविधि पनि लोभ लाग्दो छ । यसमा एडेप्टिभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङ कन्ट्रोल र इन्टेलिजेन्ट पार्किङ असिस्ट जस्ता एड्भान्स्ड ड्राइभिङ असिस्टेन्स फङसनको अनुभवका लागि पाँच वटा हाई डेफिनेसन क्यामेरा, पाँच एमएमका वेभ राडार र १२ अल्ट्रासोनिक राडार रहेका छन् । यसमा हाई स्ट्रेन्थ स्टिल आल्मुनियम बडी र ६ एयरब्याग रहेका छन् ।
कारको इन्टेरियरमा १५.४ इन्चको २.५के सेन्ट्रल कन्ट्रोल स्क्रिन रहेको छ । यसको स्टेयरिङ ह्विल ‘डी’ आकारको छ । यसमा दिपल ओएस ३.० प्रयोग गरिएको छ ।
एस०५ नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको चर्चित विद्युतीय एसयूभी हो । दुई भेरिएन्टमा उपलब्ध यसको मूल्य ४८ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
काठमाडौं – नेपाली अटोमोबाइल उद्योगमा परिचित एमएडब्ल्यु ग्रुपले विश्वकै...
काठमाडौं– आर्थिक मन्दीका कारण अटोमोबाइल बजार अहिले निकै कठिन अवस्थाबाट...
काठमाडौं– चिनियाँ अटोमोबाइल ब्रान्ड चांगन अन्तर्गतको ईभी ब्रान्ड दिपल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...