चिनियाँ अटो उद्योगको नाफा मार्जिन ४.४ प्रतिशत, प्रति गाडी कति ?

चिनियाँ अटोमोटिभ उद्योगको नाफा मार्जिन केवल ४.४ प्रतिशतमा सिमित भएको एक तथ्यांकले देखाएको छ । चाइना प्यासेन्जर कार एसोसिएसनले जारी गरेको तथ्याङ्क अनुसार, जनवरीदेखी नेभेम्वर २०२५ सम्म प्रति गाडी कुल नाफा केवल २ हजार डलरमा सिमित भएको छ । जुन २०२४ मा रेकर्ड गरिएको सबैभन्दा कम ४.३ प्रतिशत भन्दा केवल ०.१ प्रतिशत बढी हो ।

नाफामा देखिएको यो अवस्थालाई स्केल बृद्धि तर नाफामा दबाबद्वारा चित्रण गरिएको छ । चिनिया अटो उद्योगको राजस्व १० ट्रिलियन युआन (१.४२ ट्रिलियन अमेरिकी डलर) भन्दा बढी पगुेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ,

लागत र प्रतिस्पर्धाको दोहोरो दबाबका कारण पछिल्लो समय चिनियाँ अटो उत्पादकले सोचेअनुसार नाफा बढाउन सकिरहेका छैनन् । उद्योगको लागत बृद्धि ९ प्रतिशत र राजश्व बृद्धि ८.१ प्रतिशत मात्रै कायम हुुनुले अटो उद्योगहरु निकै ठूलो दबावमा रहेको पुष्टि गर्दछ ।

न्यू इनर्जी भेइकललाई कडा टक्कर दिनेगरी पेट्रोलियम कार उत्रिएको र यसले दुबै सेग्मेन्टमा प्राइस वार निम्त्याएको रिपोर्टमा उल्लेख गरिएको छ । चिनियाँ समाचार आउटलेट अटोहोमका अनुसार, अहिले आधाभन्दा बढी डिलरहरूले पैसा गुमाइरहेका छन् र ७० प्रतिशत भन्दा बढी कार मोडेलहरू घाटामा बिक्री भइरहेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...