२०२६ मा रोयल इन्फिल्डको ठूलो योजना, सात नयाँ मोटरसाइकल लन्च हुँदै

रोयल इन्फिल्डले भारतमा आफ्नो पोर्टफोलियोलाई अझ सशक्त बनाउँदै २०२६ मा सात नयाँ मोटरसाइकल लन्च गर्ने तयारी गरेको छ। कम्पनीको आगामी लाइनअपमा परम्परागत पेट्रोल मोटरसाइकलसँगै इलेक्ट्रिक सेग्मेन्टका मोडेलहरू पनि समावेश हुनेछन् ।

यश अनुसार फ्लाइङ फ्लीको पहिलो उत्पादन मोडल सी६ हुनेछ । यो रेट्रो शैलीको इलेक्ट्रिक मोटरसाइकल हो, जसलाई २०२६ को सुरुवाततिर लन्च हुने अपेक्षा गरिएको छ। यसमा अलोय ह्विल, गोलाकार रेट्रो शैलीका ऐना, फरक किसिमका बडी प्यानल र रिमुभेवल पिलियन सिट हुने सम्भावना छ । साथै यसमा डिजिटल टचस्क्रिन डिस्प्ले, भ्वाइस असिस्टेन्स, ब्लुटुथ कनेक्टिभिटी, नेभिगेसन, ओटीए अपडेट सपोर्ट, रियल टाइम फिडब्याक, किलेस गो, सिलेक्टेबल राइड मोड र एलईडी लाइटिङ जस्ता स्मार्ट सुविधाहरू समावेश हुनेछ ।

रोयल इन्फिल्डले मोटोभर्स २०२५ मा बुलेट ६५० पनि सार्वजनिक गरिसकेको छ । सो मोटरसाइकल ६४८ सीसी क्षमताको एयर/आयल कुल्ड प्यारेलल ट्विन इन्जिन जडान गरिनेछ । बुलेट ६५० लाई क्लासिक ६५० को तुलनामा बढी परम्परागत र किफायती विकल्पका रूपमा प्रस्तुत गरिनेछ। सो बाइक २०२६ जनवरीमा लन्च हुने अपेक्षा गरिएको छ । डिजाइनका हिसाबले सो बुलेट ३५० जस्तै देखिनेछ । सो मोटरसाइकल ब्याटलशिप ब्लु र क्यानन ब्ल्याक गरी दुई रङ विकल्पमा उपलब्ध हुनेछ ।

कम्पनीको अर्को मोडल फ्लाइङ फ्ली ब्रान्डकै एस६ हुनेछ, जुन पूर्ण रूपमा इलेक्ट्रिक स्क्र्याम्बलर मोटरसाइकल हो । सो बाइक २०२६ को अन्त्यतिर लन्च गर्न सक्ने अपेक्षा गरिएको छ । यसमा अगाडि १९ इन्च र पछाडि १८ इन्चका स्पोक ह्विल हुनेछ । बाइकमा लामो सस्पेन्सन ट्राभल, उच्च ग्राउन्ड क्लियरेन्स, एन्डुरो शैलीको सिट, अफ रोडका लागि छुट्टै राइड मोड, एबीएस र लीन एंगल महसुस गर्न सक्ने ट्रयाक्शन कन्ट्रोल सिस्टम जस्ता सुविधा हुनेछ । सो मोडल सुरुमा अन्तर्राष्ट्रिय बजारमा लन्च गरिने र त्यसपछि भारत ल्याइने योजना छ।

रोयल इन्फिल्डले २०२६ को अन्त्यतिर हिमालयन ७५० लन्च गर्ने तयारी पनि गरिरहेको छ । साथै, कम्पनीले अर्को वर्ष ईआईसीएमएमा हिमालयनको इलेक्ट्रिक संस्करण पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यो हिम–ई कन्सेप्टको उत्पादन संस्करण हुनेछ ।

सम्बन्धित समाचारहरू

चर्चामा दुई प्रिमियम एड्भेन्चर बाइक, यस्ता छन् भिन्नता

चर्चामा दुई प्रिमियम एड्भेन्चर बाइक, यस्ता छन् भिन्नता

टु–ह्विलर बजारमा पछिल्लो समय दुई नयाँ एड्भेन्चर मोटरसाइकलले चर्चा...

रोयल इनफिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्बजनिक, मूल्य कति ?

रोयल इनफिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्बजनिक, मूल्य कति ?

रोयल इनफिल्डले आफ्नो सबैभन्दा सस्तो मोटरसाइकल हन्टर ३५० को २०२५ संस्करण...

रोयल इन्फिल्डको बबर स्टाइल्ड मोटरसाइकल गोन क्लासिक ३५० सार्वजनिक

रोयल इन्फिल्डको बबर स्टाइल्ड मोटरसाइकल गोन क्लासिक ३५० सार्वजनिक

रोयल इन्फिल्डले नयाँ बाइक रोयल इन्फिल्ड गोन क्लासिक ३५० सार्वजनिक गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...