विभिन्न सामुदायिक कार्यक्रमसहित लक्ष्मी ग्रुपले मनायो आफ्नो ५२ औँ वार्षिकोत्सव

काठमाडौँ– लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ५२ औं वर्ष पूरा गरेको छ । सन् १९७३ मा ‘लक्ष्मी मिठाई भण्डार’ नामक एउटा सानो पसलबाट सुरु भएको यो यात्रा आज ५२ वर्ष पुग्दा एक ठूलो र सफल व्यावसायिक घराना (कम्पनी) को रूपमा विकसित भएको छ ।

विगतका वर्षहरूमा यस ग्रुपले विभिन्न क्षेत्रहरूमा आफ्नो व्यवसाय फैलाएको छ । हाल यसको पोर्टफोलियोमा अटोमोबाइल (साना गाडी, ठूला गाडी र पार्टपुर्जाहरू), इलेक्ट्रोनिक्स, स्टिल, कागज, प्लास्टिक तथा मिठाई उत्पादन गर्ने उद्योगहरू रहेका छन् । पाँच दशकको अवधिमा देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै यस ग्रुपले हाल २,००० भन्दा बढी व्यक्तिहरूलाई रोजगारी प्रदान गरिरहेको छ ।

यस विशेष अवसरमा लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामुदायिक कार्यक्रमहरू आयोजना गरेको छ । समुदायको हितका लागि ग्रुपले देशभर रक्तदान कार्यक्रम सञ्चालन ग¥यो, जसले स्वास्थ्य र जनचेतनाप्रतिको उनीहरूको प्रतिबद्धतालाई झल्काउँछ ।

यसका साथै, लक्ष्मी इन्टरकन्टिनेन्टलले धापाखेलस्थित ‘सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पाल्सी’ लाई शैक्षिक सामग्री र अन्य आवश्यक सामानहरू सहयोग गरेको छ । त्यस्तै, लक्ष्मी ग्रुप अन्तर्गतको हुण्डाई काठमाडौँले नक्सालस्थित ऐतिहासिक भाटभटेनी मन्दिर परिसरमा सरसफाई कार्यक्रम आयोजना गरी वातावरण संरक्षण र सम्पदा बचाउने कार्यमा आफ्नो ऐक्यबद्धता जनाएको छ ।

५२ वर्षको यो महत्वपूर्ण चरण पार गर्दा, लक्ष्मी ग्रुपले आफ्नो व्यावसायिक वृद्धिसँगै सामाजिक जिम्मेवारीलाई पनि उत्तिकै महत्व दिने कुरा दोहो¥याएको छ । लक्ष्मी ग्रुपले समुदायको हितमा काम गर्दा नै व्यवसाय दिगो र सफल हुने विश्वास राखेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...