यस्ता छन् मारुती सुज़ुकीको पहिलो इलेक्ट्रिक कार ई-भिटाराका ५ विशेषता  

मारुती सुजुकीले ई-भिटाराको माध्यमबाट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा प्रवेश गरेको छ । सो कार विशेष गरी पहिलो पटक इलेक्ट्रिक कार किन्न चाहने ग्राहकलाई लक्षित गरिएको छ ।

मारुती ई-भिटाराको सबैभन्दा ठूलो आकर्षण यसको सहज र स्मुदनेस परफर्मेन्स हो । सो कार ४९ किलोवाट र ६१ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध छ ।  सानो ब्याट्री भेरिएन्टले १४४ पीएस पावर उत्पादन गर्छ भने ठूलो ब्याट्रीले १७४ पीएस पावर उत्पादन गर्छ । यी दुवै भेरिएन्टमा १९३ एनएम टर्क उपलब्ध छ ।

सो कार ड्राइभ गर्दा एक्सेलेरेशन निकै स्मुद महसुस हुन्छ, अचानक झट्का नआउने भएकाले शहरको ट्राफिकमा थ्रोटल कन्ट्रोल गर्ने सजिलो हुन्छ । यसमा इको, नर्मल र स्पोर्ट गरी तीन ड्राइभ मोड रहेको छ । ४९ किलोवाट ब्याट्रीले ३४४ किलोमिटर र ६१ किलोवाट ब्याट्रीले ५४३ किलोमिटर रेन्ज प्रदान गर्छ।

मारुती ई-भिटाराले अत्यधिक बोल्ड शैली अपनाएको छैन । क्लिन शोल्डर लाइन्स, फ्लश डोर ह्यान्डल र क्लोज्ड ग्रिलले यसलाई आधुनिक देखाएको छ । यसको डिजाइन विशेष गरी ती ग्राहकलाई आकर्षित गर्छ, जसले क्वालिटी र टाइमलेस स्टाइललाई प्राथमिकता दिन्छ ।

सो एसयूभीको अर्को महत्वपूर्ण विशेषता भनेको स्लाइड हुने सेकेन्ड रो सिट हो । २७०० एमएम ह्विलबेसका कारण पछाडिको लेगरूम राम्रो छ, तर स्लाइडिङ सुविधाले यसको उपयोगिता अझ बढाएको छ। सिट पछाडि सार्दा पछाडिका यात्रुहरूका लागि घुँडाको ठाउँ प्रशस्त मिल्छ, जबकि लामो यात्रामा धेरै सामान बोक्नुपर्ने अवस्थामा सिट अगाडि सारेर बुट स्पेस बढाउन सकिन्छ। यसले परिवारिक प्रयोगलाई निकै सहज बनाउँछ।

ई-भिटारामा सफ्ट टच सामग्री, ड्युअल टोन अपहोल्स्ट्री, एम्बियन्ट लाइटिङ र आकर्षक ड्यासबोर्डले यसलाई परम्परागत मारुती कारभन्दा प्रिमियम महसुस गराउँछ । यसमा भेन्टिलेटेड फ्रन्ट सिट, १० वे पावर एडजस्टेबल ड्राइभर सिट र फिक्स्ड गिलास रूफ जस्ता फिचर रहेको छ । साथै यसमा १०.२५ इन्चको टचस्क्रिन, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, वायरलेस चार्जिङ, टाइप–सी चार्जिङ पोर्ट र इन्फिनिटी बाइ हर्मन अडियो सिस्टम जस्ता फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई–भिटारा’ भोली लन्च हुँदै, नेपालमा कहिले ?

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई–भिटारा’ भोली लन्च हुँदै, नेपालमा कहिले ?

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई–भिटारा’लाई डिसेम्वर, २...

सुजुकीले सार्वजनिक ग-यो पहिलो ईभी ई-भिटारा, सुजुकी पर्वोत्सव अफर समेत सार्वजनिक

सुजुकीले सार्वजनिक ग-यो पहिलो ईभी ई-भिटारा, सुजुकी पर्वोत्सव अफर समेत सार्वजनिक

काठमाडौँ – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी...

सुजुकी भिटारा ब्रेजा अब नेक्स्ट जेनेरेसन मोडलमा आउने, थप शक्तिशाली र फिचर लोडेड हुने

सुजुकी भिटारा ब्रेजा अब नेक्स्ट जेनेरेसन मोडलमा आउने, थप शक्तिशाली र फिचर लोडेड हुने

मारुती सुजुकीले आउँदो समयमा केही लोकप्रिय कारको नेक्स्ट जेनेरेशन मोडेल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...