१ लाख ४२ हजार डाउनपमेन्टमा बजाज डोमिनार २५० विएस६, यस्तो छ मासिक किस्ता
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्च एण्ड...
बजाज पल्सर र टीभीएस अपाचे जस्ता २०० सीसीका बाइक फरक फरक सोच र प्रयोगकर्तालाई लक्षित गर्दै आफ्नो उपस्थिति मजबुत बनाएका छन् । बजाजले नयाँ अपडेटसहित पल्सर २२०एफ पुनः बजारमा उतारेको छ भने टीभीएसले २०२५ का लागि अपाचे आरटीआर २०० ४भी लाई नयाँ टीएफटी डिस्प्ले र अत्याधुनिक प्रविधिसहित अझ परिष्कृत बनाएको छ।
बजाज पल्सर २२०एफ मा २२० सीसी क्षमताको एयर र आयल–कूल्ड सिंगल सिलिन्डर इन्जिन प्रयोग गरिएको छ। यसले ८५०० आरपीएममा २०.९ पीएस पावर र ७००० आरपीएममा १८.५५ एनएम टर्क उत्पादन गर्छ । टीभीएस अपाचे आरटीआर २०० ४भी मा १९७.७५ सीसी इन्जिन छ, जसले स्पोर्ट मोडमा ९००० आरपीएममा २०.८२ पीएस पावर र ७२५० आरपीएममा १७.२५ एनएम टर्क दिन्छ।
सस्पेन्सन र ब्रेकिङ सेटअपमा यी दुईबीच स्पष्ट भिन्नता देखिन्छ। पल्सर २२०एफ मा अगाडि टेलिस्कोपिक फोर्क र पछाडि ड्युअल शक एब्जर्बर प्रयोग गरिएको छ । यसको ब्रेकिङ सेटअप सिंगल च्यानल एबीएस समावेश छ । त्यसको विपरीत, टीभीएस अपाचे आरटीआर २०० ४भीमा अगाडि यूएसडी फोर्क, पछाडि मोनोशक सस्पेन्सन, पेटल डिस्क ब्रेक र ड्युअल च्यानल एबीएस जस्ता आधुनिक फिचर समावेश छ ।
पल्सर २२०एफ मा १५ लिटर क्षमताको ठूलो इन्धन ट्याङ्की समावेश छ, जसले लामो दूरीको यात्रामा बारम्बार इन्धन भर्नुपर्ने झन्झट कम गर्छ । तर १६० किलोग्रामको कर्ब तौलका कारण शहरको ट्राफिकमा यसले अलि भारी महसुस गराउन सक्छ । टीभीएस अपाचे आरटीआर २०० ४भी भने १५१ किलोग्राम तौल भएकाले हलुका छ, १८० एमएम ग्राउन्ड क्लियरेन्सले खराब सडकमा पनि सहज बनाउँछ र ८०० एमएम सिट उचाइले शहरमा चलाउँदा कनट्रोल गर्ने सजिलो हुन्छ।
पल्सर २२०एफ मा ब्लुटुथ कनेक्टिभिटी, डिजिटल एलसीडी इन्स्ट्रयुमेन्ट कन्सोल र नेभिगेसन सपोर्ट जस्ता अपडेट गरिएको छ, जसले यसलाई पहिलेभन्दा आधुनिक बनाएको छ। तर अपाचे आरटीआर २०० ४भी मा ५ इन्चको टीएफटी डिस्प्ले, ट्र्याक्सन कन्ट्रोल, रेन, अर्बन र स्पोर्ट जस्ता राइड मोड, तथा ड्युबल च्यानल एबीएसले यसलाई सेग्मेन्टकै सबैभन्दा प्रविधियुक्त बाइकमध्ये एक बनाएको छ।
बजाज पल्सर २२०एफ को मूल्य नेपाली बजारमा ४ लाख १५ हजार रुपैयाँ रहेको छ, जबकि टीभीएस अपाचे आरटीआर २०० ४भी बीएस६ को मूल्य ४ लाख ३४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्च एण्ड...
टिभिएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्वा मोटर्सले...
बजाज अटोले जुन १८, २०२४ मा विश्वको पहिलो सीएनजी मोटरसाइकल लन्च गर्ने तयारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...