सडक सुरक्षाको अपरिहार्य सूत्र: शून्य दुर्घटनाका लागि सामूहिक प्रतिबद्धता

नेपालको सडक सुरक्षाको अवस्थाले आज एक गम्भीर प्रश्न खडा गरेको छ । सरकारले करोडौं खर्चेर सुरक्षित संरचनाहरू (मिडबार, जेब्रा क्रसिङ, आइल्यान्ड, ओभरहेड ब्रिज, सबवे) बनाए पनि किन दुर्घटनाहरू बढिरहेका छन् ? उत्तर स्पष्ट छ - संरचनाले मात्र सुरक्षा दिँदैन, जबसम्म सडक प्रयोगकर्ताहरू स्वयंले सडक अनुशासनको पालना गर्दैनन् ।

       सवारी दुर्घटना हुँदा प्रायः दोषको भारी सधैँ चालकमाथि खसाल्ने  पुरानो र परम्परागत दृष्टिकोणले समस्या समाधान हुँदैन । सडकमा हुने अविवेकी र जोखिमपूर्ण व्यवहारलाई रोक्न चालक र पैदलयात्री दुवैले आफ्नो जिम्मेवारी बुझ्नु अत्यावश्यक छ । सडक सुरक्षा कुनै एक पक्षको दायित्व होइन । चालक तथा पैदलयात्री दुबै पक्षले अपनाएको अनुशासन, सजगता र जिम्मेवारीले मात्र दुर्घटना रोक्छ । त्यसैले सडक प्रयोग गर्दा हरेक नागरिकले सतर्कता, अनुशासन र जिम्मेवारीसहित निम्न कुरामा अवश्य ध्यान दिनु अपरिहार्य छ ।

पैदलयात्री (यात्रु) ले अनिवार्य ध्यान दिनुपर्ने मुख्य कुराहरू :-

  • बाटो काट्नका लागि केही सेकेन्डको समय बचाउन डिभाइडर नाघ्ने वा जथाभावी सडक क्रस गर्ने ‘सर्टकट’ मानसिकता त्याग्नुहोस् । जेब्रा क्रसिङ र ओभरहेड ब्रिजको अनिवार्य प्रयोग गर्नुहोस् ।
  • सडक पार गर्दा वा सडक पेटीमा हिँड्दा मोबाइल फोन चलाउने वा इयरफोन लगाएर हिँड्ने बानी पूर्ण रूपमा बन्द गर्नुहोस् । यसले तपाईंको श्रवण क्षमता र एकाग्रतामा अवरोध पुर्‍याउँछ, जसले दुर्घटनाको सम्भावना बढाउँछ ।
  • ट्राफिक संकेत, लाइट र ट्राफिक प्रहरीको ईशारालाई पूर्ण पालना गर्नुहोस् । ट्राफिक प्रहरी नभएको ठाउँमा समेत नियम पालना गर्ने स्वानुशासन विकास गर्नुहोस् ।
  • बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई सुरक्षित रूपमा सडक पार गर्न सहयोग गर्नुहोस्, ताकि उनीहरू दुर्घटनाको जोखिममा नपरून् ।
  • रातको समयमा सडकमा हिँड्दा वा क्रस गर्दा चम्किलो वा हल्का रङ्गका कपडा लगाउनुहोस् ताकि चालकले तपाईंलाई सजिलै देख्न सकोस् ।

चालक तथा सवारी क्षेत्रले अनिवार्य ध्यान दिनुपर्ने मुख्य कुराहरू:

  • यात्रा गर्नुअघि ब्रेक, लाइट, हर्न र टायरको अवस्था नियमित जाँच गर्नुहोस्। सवारीको प्राविधिक त्रुटिले गर्दा हुने दुर्घटनाबाट बच्न यो प्राथमिक जिम्मेवारी हो ।
  • ठूलो आर्थिक/कानुनी भारबाट जोगिन चालकहरू थप जिम्मेवार बन्नुपर्छ । शहरी क्षेत्र, बजार र स्कुल आसपासमा तोकिएको गति सीमाको पालना गर्नुहोस् । सधैँ अगाडिको सवारी र पैदलयात्रीसँग सुरक्षित दूरी कायम गर्नुहोस् ।
  • जेब्रा क्रसिङ, बस स्टप र भीडभाड भएका स्थानमा सवारीको गति एकदमै कम गर्नुहोस् र जुनसुकै बेला पैदलयात्री सडकमा आउन सक्ने सम्भावनाप्रति सचेत रहनुहोस् ।
  • आफ्नो नियन्त्रणबाहिरको परिस्थितिका कारण दुर्घटना निम्तिए पनि तपाईंको संयमित र अनुशासित व्यवहारले थप क्षति हुनबाट जोगाउँछ । अरूको गल्तीबाट जोगिन सधैँ रक्षात्मक ड्राइभिङ (Defensive Driving) अपनाउनुहोस् ।
  • सवारी चलाइरहेको बेला मोबाइलमा कुरा गर्ने वा म्यासेज हेर्ने बानीले ध्यान भंग गर्छ र दुर्घटना निम्त्याउँछ । पूर्ण रूपमा यसको प्रयोग रोक्नुहोस् ।

      सडक सुरक्षाको जग सरकारले बनाएका संरचनाहरू मात्र होइनन्; यसको वास्तविक आधार प्रयोगकर्ताको अनुशासन र विवेक हो । 'मलाई के हुन्छ र!' यो लापरवाह सोचाइ नै दुर्घटनाको मूल कारण हो । तपाईंको एक मिनेटको 'सर्टकट' वा नियम तोड्ने कार्यले आफ्नो मात्र होइन, अरूको जीवनमा समेत गम्भीर क्षति पुर्‍याउन सक्छ । हरेक सडक प्रयोगकर्ताको सानो सचेत प्रयासले मात्र सामूहिक सुरक्षा सुनिश्चित हुन्छ । सचेत नागरिक, उत्तरदायी चालक र दृढ राज्य संयन्त्र को त्रिपक्षीय समन्वयले मात्र दुर्घटनालाई शून्यमा झार्न सकिन्छ

 ट्राफिक नियम जानौं पनि, मानौं पनि!

–प्र.ब.ना.नि. बिष्णु थापा
प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक

सम्बन्धित समाचारहरू

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

पोखरामा इन्ड्राइभलगायतका ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

काठमाडौं – कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी...

दशैं मनाउन राजधानीबाट पाँच दिनमा बाहिरिए एक लाख ८९ हजार यात्रु

दशैं मनाउन राजधानीबाट पाँच दिनमा बाहिरिए एक लाख ८९ हजार यात्रु

काठमाडौं – मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि...

ट्राफिक प्रहरीसँग यातायात स्वतन्त्र मजदुरको गुनासो बढ्दो, ट्राफिक व्यवस्थापनका लागि कार्यदल बन्दै

ट्राफिक प्रहरीसँग यातायात स्वतन्त्र मजदुरको गुनासो बढ्दो, ट्राफिक व्यवस्थापनका लागि कार्यदल बन्दै

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...