युरोपमा बिक्री हुने सिट्रोन ईसी३ को भारतमा परीक्षण सुरु

सिट्रोनले युरोपेली बजारलाई लक्षित गरी ल्याउन लागेको नयाँ जेनेरेसन ईसी३ लाई भारतमा परीक्षण सुरु गरेको छ । २०२३ मा युरोपेली बजारको लागि नयाँ जेनेरसेन ईसी३ डेब्यु गरिएकोमा हाल परीक्षण सुरु भएको हो ।

युरोप स्पेक ईसी३ लाई सिट्रोनले स्टेलान्टिसको स्मार्ट कार प्लेटफर्ममा तयार पारेको हो । यसको स्टाइलिङ ओली अवधारणाबाट प्रेरित छ र केन्द्रमा सिट्रोनको नयाँ लोगो राखिएको छ । कारमा थ्री पिस एलईडी डीआरएलएस सहित भी आकारको एलईडी हेडलाइटयुक्त एङगुलर फ्रन्ट फेसिया दिइएको छ । यसमा पछाडि कालो स्ट्रिपद्वारा जोडिएको -यापराउन्ड एलईडी टेललाइट राखिएको छ ।

नयाँ जेनेरेसन ईसी३ मा १०.२५ इन्चको टचस्क्रिन र हेड–अप डिस्प्ले सहितको टु–स्पोक स्टेयरिङ ह्वील उपलब्ध गराइएको छ । साथै यसको इन्टेरियरलाई आधुनिक र सुबिधासम्पन्न बनाउन रि–डिजाइन गरिएको छ ।

नयाँ ईसी३ को अगाडि माउन्ट गरिएको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले १११ बिएचपी पावर प्रदान गर्दछ । कारमा ४४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक राखिएको छ, जसले डब्लुएलटीपी साइकल अनुसार ३२० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ क्रसओभर कार सी३एक्स ल्याउने तयारीमा सिट्रोन

नयाँ क्रसओभर कार सी३एक्स ल्याउने तयारीमा सिट्रोन

भारतमा लगातार आफ्नो बिक्री बढाउने प्रयासमा रहेको सिट्रोनले अब अर्को नयाँ...

पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने

पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने

काठमाडौँ – पोखरामा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रोन लगायतका...

विराटनगरमा लिप मोटर र सिट्रोनको ‘एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ’ क्याम्प हुने

विराटनगरमा लिप मोटर र सिट्रोनको ‘एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ’ क्याम्प हुने

विराटनगर– सांग्रिला मोटर्स प्रालिको अधिकृत वितरक श्रीजा अटोमोबाइल्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...