राउन्ड टु रोड रेसिङ च्याम्पियनसिप चितवनमा सम्पन्न, यी राइडर बने विजेता
चितवन – चितवनको भरतपुरमा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिप राउन्ड...
काठमाडौं –सीएफमोटो नेपालले आफ्नो तेस्रो मासिक राइड मसिंर २० गते(भोली) आयोजना गर्ने भएको छ । काठमाडौंदेखि काभ्रेको बल्थलीसम्म हुने उक्त राइड एभरेष्ट बाइकर नेपाल बलाजु (नयाँबजार)बाट बिहान ९ बजे सुरु भई गोदावरी–लाखुरी–खौपासी–बल्थली–नमोबुद्ध–धुलिखेल–नाला–काठमाडौं (अफ–रोड मार्ग) आएर सम्पन्न हुनेछ ।
पूर्व–दक्षिण पहाडी क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सुन्दरता समेट्ने बल्थली र नमोबुद्धलाई मुख्य गन्तव्यको रूपमा चयन गरिएको आयोजकले जनाएको छ ।
विविध भू–भाग, मनमोहक दृश्य र परम्परागत गाउँ संस्कृति समेटिएको यो मार्गले सीएफमोटो ४५० एमटीको वास्तविक प्रदर्शनलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विश्वास लिइएको छ
राइडमा सहभागीहरूले घना जंगल मार्ग, चट्टानी उकालो, हिलो भाग, नदी पार, खुला खेतीबारी क्षेत्र, परम्परागत बस्ती र शान्त वातावरणमा अवस्थित नमोबुद्ध गुम्बा हुँदै आफ्नो साहसिक क्षमताको परीक्षण अनुभव गर्नेछन् ।
राइडले दिगो तथा जिम्मेवार एड्भेञ्चर राइडिङ प्रवद्र्धन गर्ने, समुदाय बीचको आपसी सम्बन्ध सुदृढ गर्ने, नेपालको प्राकृतिक–सांस्कृतिक सौन्दर्यप्रति सम्मान गर्ने बताइएको छ
चितवन – चितवनको भरतपुरमा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिप राउन्ड...
चितवन – चितवनको भरतपुरमा सम्पन्न भरतपुर फ्ल्याट ट्रयाक २०८० का विजेता...
बिलासी, महंगो र युनिक बिशेषता भएका कार प्रयोगका कारण चर्चामा आइरहने दुबईमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...