स्टकमा थन्किएका पेट्रोल कार सस्तो मूल्यमा निर्यात गर्दै चीन

चीनमा इलेक्ट्रिक सवारी साधनको तीव्र वृद्धि भएपछि पेट्रोल कारको मागमा उल्लेखनीय कमी आएको छ । रिपोर्टका अनुसार अहिले चीनमा लगभग आधा नयाँ कारहरू इलेक्ट्रिक भएका कारण परम्परागत पेट्रोल कारहरु स्टकले भरिएका छन् । त्यसैले चीनले उत्पादन घटाउनेभन्दा यी अतिरिक्त पेट्रोल कारहरु विश्वबजारमा निर्यात गर्ने बाटो रोजेको छ ।

कोभिड–१९ भन्दा पहिले चीनले वर्षमा करिब १० लाख कारहरू निर्यात गर्थ्यो। तर अहिले यो संख्या बढेर लगभग ६५ लाख पुगेको छ, जसमा करिब ७६ प्रतिशत पेट्रोल कारहरू नै छन्। यिनै कारण २०२३ मा चीन विश्वकै सबैभन्दा ठूलो कार निर्यातक बनेको हो। चीनका पुराना पेट्रोल कार प्लान्टहरू बन्द गर्नु आर्थिक रूपमा गाह्रो भएकाले कम्पनीहरूले ती गाडीहरूलाई विदेश पठाउँदै उत्पादन चक्र निरन्तर राख्ने रणनीति अपनाएका छन्।

घरेलु बजारमा ईभी प्रतिस्पर्धा बढेकाले पेट्रोल मोडलको बिक्री कमजोर हुँदै गएको छ । यस्तो अवस्थामा उत्पादन जारी राख्ने सबैभन्दा सरल उपाय पेट्रोल कारहरूलाई अन्तर्राष्ट्रिय बजारमा पठाउनु नै बनेको छ।

यी पुराना पेट्रोल कारहरू मुख्यत: उरुग्वे, मेक्सिको, अफ्रिका, लाटिन अमेरिका र पूर्वी युरोप तर्फ पठाइँदैछन्। यी देशहरुमा ईभी चार्जिङ पूर्वाधार कमजोर छ र इलेक्ट्रिक कारहरू महँगा तथा कम व्यवहारिक मानिन्छन् । यस्तो अवस्थामा सस्ता, आकर्षक र सुविधा सम्पन्न चिनियाँ पेट्रोल कारहरूले स्थानीय ग्राहकलाई सजिलै तानेका छन्। ठुलो क्याबिन, आधुनिक डिजाइन र कम मूल्यका कारण धेरै देशमा यी कार ‘उत्तम विकल्प’ बनिरहेका छन्।

सम्बन्धित समाचारहरू

३० प्रतिशत बढ्यो दक्षिण अफ्रिकामा चिनियाँ गाडीहरुको माग

३० प्रतिशत बढ्यो दक्षिण अफ्रिकामा चिनियाँ गाडीहरुको माग

दक्षिण अफ्रिकाका सवारी साधन मालिकहरू विलासी कारहरू छाडेर किफायती सवारी...

मलेसियाको नम्बर वान बीईभी अब इन्डोनेसियामा बन्यो टप १० बेस्ट सेलिङ कार, नेपाल भित्रिदै

मलेसियाको नम्बर वान बीईभी अब इन्डोनेसियामा बन्यो टप १० बेस्ट सेलिङ कार, नेपाल भित्रिदै

नेपाली बजारमा औपचारिक रुपमा भित्रिने तयारीमा रहेको बीवाईडी एम६ मलेसियामा...

इलेक्ट्रिक कारमा आयो फेस्टिभ अफर, एमजी कार किन्दा २ लाखसम्म फाइदा

इलेक्ट्रिक कारमा आयो फेस्टिभ अफर, एमजी कार किन्दा २ लाखसम्म फाइदा

काठमाडौं– इलेक्ट्रिक कार बिक्री गर्ने कम्पनीको उपस्थिती वढेसंगै यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...