चार पाङ्ग्रेबाट यी १६ ब्रान्ड सहभागी हुँदैछन् नाडा अटो शोमा, कसले के नयाँ ल्याउँदै छन्
१४ दिनपछि सुरु हुने नाडा अटो शो–२०२३ मा चारपाङ्ग्रे सवारी साधनबाट कुल १६...
इलेक्ट्रिक कारहरु पेट्रोल र डिजेल कारहरू जत्तिकै लोकप्रिय बन्दै गएको छ । तर, इलेक्ट्रिक कार किन्ने धेरै उपभोक्ताले सर्भिसिङमा लापरवाही गर्ने प्रवृत्ति बढिरहेको देखिन्छ, जसले ब्याट्री र मोटरमा दीर्घकालीन समस्या निम्त्याउने देखिएको छ । नियमित रूपमा सर्भिसिङ नगर्नु, कारलाई अनुचित स्थानमा पार्क गर्नु वा आवश्यक जाँच नहुनु जस्ता कारणले इलेक्ट्रिक सवारीको कार्यक्षमता तथा आयु दुवैमा नकारात्मक असर पर्न सक्छ ।
रिपोर्टका अनुसार इलेक्ट्रिक कारलाई प्रत्यक्ष घाममा पार्क गर्नु अत्यन्त हानिकारक हुन सक्छ, किनकि यसले ब्याट्रीको तापक्रम असन्तुलित बनाउँछ र मोटरमा समेत प्रतिकूल प्रभाव पार्न सक्छ । यस्ता साना देखिने तर महत्त्वपूर्ण सावधानी नअपनाउँदा अत्यधिक तापजन्य क्षति हुन सक्ने र मर्मत कठिन तथा खर्चिलो बन्ने चेतावनी दिइएको छ ।
इलेक्ट्रिक कारको सुरक्षाको लागि नियमित र समयमै सर्भिसिङ गनुपर्छ । निर्धारित समयमा सर्भिसिङ गर्दा सम्भावित खराबीहरू प्रारम्भिक चरणमै पहिचान गर्न सकिन्छ र कारको समग्र जीवनकाल पनि बढ्छ । सर्भिसिङमा मुख्यतया ब्याट्रीमा विशेष रूपमा ध्यान दिनुपर्छ ।
इलेक्ट्रिक कारमा इन्जिन नहुन सक्छ । तर धेरैले ब्याट्रीको तापक्रम सन्तुलनमा राख्न कूलेन्टको प्रयोग गरिन्छ । त्यसैले सर्भिसिङका क्रममा कूलेन्टको स्थिति जाँच गर्नु, आवश्यक परे प्रतिस्थापन वा भर्ने कार्य गर्नु आवश्यक छ ।
साथै ब्याट्री र मोटर लगायत ब्रेक प्याड, टायर, हेडलाइट तथा अन्य लाइटिङ उपकरणको पनि नियमित जाँच आवश्यक छ । आवश्यकता अनुसार टायर घुमाउने, ब्रेक प्याड बदल्ने तथा लाइट सेटिङ समायोजन गर्ने जस्ता कार्यले सवारीको सञ्चालन सहज र सुरक्षित बनाउँछ ।
इलेक्ट्रिक कार उच्च प्रविधियुक्त भए पनि यसको सर्भिसिङ सामान्य पेट्रोल–डिजेल कारभन्दा सरल मानिन्छ । तर उपभोक्ताले आवश्यक सावधानी नअपनाए ब्याट्री तथा मोटर जस्ता संवेदनशील भागमा गम्भीर क्षति हुन सक्छ । नियमित सर्भिसिङ, उचित पार्किङ र समयमै जाँच गरेर मात्र इलेक्ट्रिक कारको वास्तविक कार्यक्षमता र दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न सकिन्छ ।
१४ दिनपछि सुरु हुने नाडा अटो शो–२०२३ मा चारपाङ्ग्रे सवारी साधनबाट कुल १६...
काठमाडौं – सीजी मोटर्सले नेपालमा बिक्री–वितरण गरिरहेको नेटा भी ब्रान्डका...
काठमाडौं – सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, यातायात व्यवसायी,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...