केटीएमको नयाँ इन्ड्युरो बाइक नेपालमा, बुकिङ र टेस्ट राइड खुला

काठमाडौं – नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नेपाली राइडरलाई विश्व स्तरको इन्ड्युरो पर्फमेन्स उपलब्ध गराउनका लागि केटीएम इन्ड्युरो आर मोटरसाइकल औपचारिक रुपमा उपलब्ध भएको बताएको छ ।

केटीएमको आइकनिक रेडी टु रेस स्पिरिटका साथ डिजाइन गरिएको सो मोटरसाइकल नेपालको भौगोलिक अवस्था अनुसार परफेक्ट भएको कम्पनीको भनाइ छ । सो मोटरसाइकलले अद्वितीय पावर, एजिलिटी र अफरोड क्षमता उपलब्ध गराउछ ।

केटीएम इन्ड्युरो आरको हलुका बडी, एड्भान्स्ड सस्पेन्सन र प्रिसिजन ह्यान्डलिङका कारण एड्भेन्चर रुचाउने र अफरोडमा यात्रा गर्न चाहने सबै राइडरका लागि रुचिकर बाइक बन्न सक्छ ।

केटीएम ३९० इन्ड्युरो आर ड्युअल स्पोर्ट मोटरसाइकल हो । यसमा भएको ३०० सीसीको वान सिलिन्डर, फोर स्ट्रोक इन्जिनले ४५ पीएस पावर र ३९ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा २७२ एमएमको ग्राउन्ड क्लियरेन्स छ भने सिटको उचाई ८९० एमएम छ । त्यसैगरी यसमा ९ लिटरको इन्धन ट्यांकी छ । यसको मूल्य ९ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

नेपालभरका सबै आधिकारिक केटीएम शोरुममा सो बाइक बुकिङ गर्न र टेस्ट राइड गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

केटिएम २५० एड्भेन्चरको २०२५ मोडलमा यी ४ फिचर अपग्रेड हुँदै

केटिएम २५० एड्भेन्चरको २०२५ मोडलमा यी ४ फिचर अपग्रेड हुँदै

केटिएमले आफ्नो लोकप्रिय मोटरसाइकल २५० एड्भेन्चरको २०२५ मोडल लन्च गर्ने...

वीरगन्जमा खुल्यो केटीएम र हस्कभर्ना मोटरसाइकलको सोरुम

वीरगन्जमा खुल्यो केटीएम र हस्कभर्ना मोटरसाइकलको सोरुम

वीरगन्ज – वीरगन्जको गण्डकचोकमा प्रतिष्ठित ब्रान्ड केटीएम र हस्कभर्ना...

बेनेली बाइकको नयाँ बजेट नयाँ मूल्य

बेनेली बाइकको नयाँ बजेट नयाँ मूल्य

काठमाडौँ । केटीएम इन्टरनेशनल ट्रेडिङले विगत ८ वर्षदेखि नेपाल अधिराज्यभर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...