बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–जिली ग्यालेक्सी भी९०० मिनि भ्यानले क्याबिन भित्र ४२ जना अटाएर गिनिज वल्र्ड रेकर्ड कायम गरेको छ । कम्पिनका अनुसार, सो एमपिभी भित्र रहेको ८.४१ वर्ग मिटरको भित्री क्षेत्रफलमा यती धेरै मानिस अटाएका हुन् ।
नोभेम्बर २१ मा ग्वाङ्झाउ अटो शोमा डेब्यू गरिएको सो मिनी भ्यानमा ४२ जना महिला डान्सर अटाएका हुन् । २७ अक्टोबरमै यो उपलब्धि हाँसिल गरेपनि कार बिक्री सुरुवातको नजिक पुग्दा अटोमेकरले हालै यसलाई सेयर गरेको हो । ग्यालेक्सी भी९०० एक्सटेन्डेन्ट रेन्ज ईभी सेग्मेन्ट अन्तर्गतको न्यू इनर्जी भेइकल हो ।
जिलीका अनुसार, भ्यानभित्र सवार ब्यक्तिको औसत उचाई ५ फिट ६ इन्च थियो । भी९०० को ८.४१ वर्ग मिटरको भित्री क्षेत्रफलमा अटाउन कम्पनीले सिटहरूको पङ्क्तिहरू बीच एक मिटर भन्दा बढी ठाउँ र ९१.८ प्रतिशत स्पेस उपयोग गरेको थियो ।
यस्तै रेकर्ड यसअघि टोयोटा -याभ फो र फक्सवागन क्याम्र भ्यानले पनि कायम गरेका थिए । ती गाडीमा क्रमश ४१ र ५० जना अटेका थिए । ती दुबै गाडी जिली ग्यालेक्सि भी९०० भन्दा ठूला थिए ।
भी९०० चारवटा पंक्ति भएको ८ सिटर मिनी भ्यान हो । यस भ्यानमा १.५ लिटर टर्बोचाज्र्ड पेट्रोल जेनेरेटर जडान गरिएको छ, जसको पिक पावर १२० किलोवाट छ । यो मिनिभ्यानमा ४३.३ किलोवाट आवर र ५० किलोवाट आवर क्षमतका ब्याट्री प्याकको विकल्प दिइएको छ । साथै यसको इलेक्ट्रिक रेन्ज १६५ देखि २०२ किलोमिटरसम्म दाबी गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...