मिन्डाले ल्यायो रियल-टाइम चार्जिङ अपडेट सहितको पोर्टेबल वाल चार्जर

इलेक्ट्रिक सवारी साधनको प्रयोग दिनानुदिन बढ्दै जाँदा घरमै सुरक्षित, भरपर्दो र सहज चार्जिङ समाधानको माग पनि तीव्र बनेको छ । यही आवश्यकतालाई समाधानको रुपमा युनो मिन्डाले आफ्नो पोर्टेबल कार ईभी वाल चार्जर लन्च गरेको छ ।

कम्पनीका अनुसार सो नयाँ चार्जरलाई यात्रामा होस वा घरमा सहजै उपयोग गर्न सक्ने गरी डिजाइन गरिएको छ । यसलाई आफ्नो ईभी जहाँ भए पनि छिटो र सुरक्षित तरिकाले चार्ज गर्न सकिनेछ ।

नयाँ पोर्टेबल चार्जरले ३.३ किलोवाटको फास्ट चार्जिङ आउटपुट प्रदान गर्छ, जसले दैनिक प्रयोगका लागि भरपर्दो चार्जिङ अनुभव उपलब्ध गराउनेछ । साथै, यसको आईपी६५ रेटेड वाटर प्रुफ र डस्ट प्रुफ तथा धुलो र गर्मी जुनसुकै वातावरणमा पनि सुरक्षित रूपमा प्रयोग गर्न सकिनेछ ।

यसमा रियल–टाइम चार्जिङ अपडेटहरू उपलब्ध हुने हुँदा चार्जिङ स्थिति र समयलगायत महत्वपूर्ण जानकारी मोबाइल वा स्क्रिनमार्फत हेर्न सकिनेछ ।

यो कम्प्याक्ट र हलुका छ।  बढ्दो सुरक्षाको लागि, यसमा ओभर भोल्टेज, ओभर करेन्ट र सर्ट-सर्किट जोखिम विरुद्ध धेरै सुरक्षा छ, जसले प्रयोगकर्ताको लागि पूर्ण सुरक्षा सुनिश्चित गर्छ । युनो मिन्डा कार ईभी वाल चार्जर प्रमुख अफलाइन रिटेल आउटलेट र अमेजन, फ्लिप कार्ट र युनोमिन्डा कार्ट जस्ता अनलाइन प्लेटफर्मबाट खरिद गर्न सकिन्छ।

भारतमा बिक्रीका लागि उपलब्ध सो वाल चार्जर भविष्यमा नेपालमा पनि उपलब्ध हुन सक्छ । नेपालमा पनि युनो मिन्डाका पार्ट्स बिक्री–वितरण भइरहेका छन् ।

सम्बन्धित समाचारहरू

भल्भोले बन्द गर्यो डिजेल कारको उत्पादन, अन्तिम कारलाई संग्रहालयमा राखिने

भल्भोले बन्द गर्यो डिजेल कारको उत्पादन, अन्तिम कारलाई संग्रहालयमा राखिने

भल्भोले डिजेलबाट चल्ने कारको उत्पादन बन्द गरेको छ । स्विडेनी कार...

रायमाझी भन्छन् – इकोसिस्टम निर्माण नगरी गाडीमात्र भित्र्याएर हुँदैन

रायमाझी भन्छन् – इकोसिस्टम निर्माण नगरी गाडीमात्र भित्र्याएर हुँदैन

विद्युतीय सवारी (ईभी) अहिले नेपाली अटो बजारमा मेनस्ट्रिम वनिसकेकोे छ । विगत...

भारतमा अक्टोबर १ देखी सबै कारमा ६ वटा एयरब्याग अनिबार्य, मूल्य थप महंगिने

भारतमा अक्टोबर १ देखी सबै कारमा ६ वटा एयरब्याग अनिबार्य, मूल्य थप महंगिने

भारत सरकारले सबै कारमा ६ वटा एयरब्याग अनिबार्य गर्ने भएको छ । यो नयाँ नियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...