एमजीले सार्वजनिक गर्यो नयाँ एडीएपीटी प्लेटफर्म, एउटै प्रविधिमा इलेक्ट्रिकदेखि स्ट्रङ हाइब्रिडसम्म
जेएसडब्ल्यू एमजी मोटर इन्डियाले नयाँ सवारीसाधनका लागि एड्भान्स ड्राइभ...
नेपालका स्कुल बस देखि सार्वजनिक तथा निजी सवारी साधनसम्म एउटा साझा समस्या बारम्बार देखिन्छ । त्यो हो ‘खानेकुरा खाएर सिधै झ्यालबाट फोहर बाहिर फाल्ने प्रवृत्ति ।’ धेरैलाई यो सामान्य वा क्षणिक क्रिया लाग्न सक्छ । सानोतिनो मानिने यो प्रवृत्तिले वातावरणमा मात्र होइन, हाम्रो समाजको सामूहिक संस्कारमा समेत नकारात्मक प्रभाव पारिरहेको छ ।
बाटो किनार, पार्क, विद्यालय क्षेत्र तथा बजार वरपर जम्ने फोहोरहरूले सहरको सौन्दर्य त बिगारेको छ नै, यसले प्लास्टिक प्रदूषण बढाउनुका साथै ढल निकासमा अवरोध पुर्याई जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । “मेरो गाडी सफा हुनुपर्छ, सडक जेसुकै होस्” भन्ने संकीर्ण र स्वार्थी मानसिकता नै यसको मूल जड हो । यो गलत प्रवृत्तिलाई निरुत्साहित गर्न र सुधार ल्याउन निम्न उपायहरू तत्काल अपनाउनु आवश्यक छ-
१. हरेक सवारीमा ‘डस्टबिन’ अनिवार्य -
यो समस्याको सबैभन्दा व्यावहारिक समाधान भनेको हरेक सार्वजनिक तथा निजी सवारी साधन, विशेषगरी स्कुल बसमा अनिवार्य रूपमा फोहोरदानी (Dustbin) राख्नु हो । खाजा खाएपछि खोल वा बोक्रा त्यही डस्टबिनमा राख्ने बानी बसाल्दा सडकमा फोहोर पुग्दैन । यसका लागि चालक र परिचालकलाई निगरानीको जिम्मा दिई नियम उल्लंघन गर्नेलाई सचेत गराउने प्रणाली लागू गर्नुपर्छ ।
२. सार्वजनिक सवारीमा सचेतना पोस्टर र सन्देश -
बस, माइक्रोबस तथा टेम्पोको भित्री भागमा र यात्रुले देख्नेगरी “फोहोर झ्यालबाट नफालौँ” वा “Keep Clean” जस्ता छोटा, स्पष्ट र आकर्षक सन्देशमूलक स्टिकरहरू टाँस्नु प्रभावकारी हुन्छ । यातायात व्यवसायी र मजदुर संघ-संगठनले आफ्ना सवारीमा फोहोर संकलन गर्ने साना थैली वा डस्टबिनको व्यवस्थापनमा अग्रसरता देखाउनुपर्छ ।
३. विद्यार्थी लक्षित व्यावहारिक शिक्षा -
बालबालिकाको बानी नै भविष्य बदल्ने आधार हो । ‘फोहोर व्यवस्थापन’ लाई व्यावहारिक सिकाइका रूपमा विद्यालयले अघि बढाउनुपर्छ । प्रार्थनाको समय वा कक्षाकोठामा शिक्षकले “गाडीबाट बाहिर फोहोर फ्याँक्नु असभ्य काम हो” भनेर सिकाउनुपर्छ । साथै, स्कुल बसमा सिनियर विद्यार्थी वा शिक्षकलाई ‘मोनिटर’ तोकेर फोहोर फ्याँक्नेलाई सम्झाउने वा आन्तरिक कारबाही गर्ने व्यवस्था गर्नुपर्छ ।
४. ‘फोहोर फाल्न निषेध’ नियमको कडा कार्यान्वयन -
सवारी साधनबाट फोहोर फ्याँकेको देखेमा ‘अन द स्पट’ जरिवाना गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्छ । स्थानीय निकायले सीसीटीभी (CCTV) फुटेजका आधारमा गाडी नम्बर ट्र्याक गरी कारबाहीको दायरामा ल्याउन सके यो प्रवृत्तिमा ठूलो कमी आउनेछ । सुरुमा सम्झाइबुझाइ गर्ने र अटेर गरेमा जरिवाना तिराउने परिपाटी बसाल्नुपर्छ ।
५. अभिभावक र चालकको जिम्मेवार भूमिका -
निजी कारमा यात्रा गर्दा अभिभावकले नै फोहोर खल्तीमा वा झोलामा राखेर “यो घर गएर फ्याँक्नुपर्छ” भनी व्यवहारतः देखाउन सके छोराछोरीले त्यसको सिको गर्छन् । त्यस्तै, सार्वजनिक सवारीका चालक/परिचालकले यात्रा सुरु गर्नुअघि “कृपया फोहोर झ्यालबाट बाहिर नफ्याँक्नुहोला, गाडीभित्रको डस्टबिन प्रयोग गर्नुहोला” भनी अनुरोध गरेमा यात्रुलाई नैतिक दबाब पर्छ ।
६. सामाजिक चेतना र अभियान -
सरोकारवाला निकाय मिलेर “झ्यालबाहिर फोहोर फाल्नु अपराध हो” भन्ने सामाजिक मान्यता स्थापित गर्नुपर्छ । विभिन्न सञ्चार माध्यमबाट जनचेतनामूलक सामग्री प्रसारण गरी यसलाई अभियानकै रूपमा अघि बढाउन सकिन्छ ।
फोहोर व्यवस्थापन केवल सरसफाइको कुरा मात्र होइन, यो हाम्रो अनुशासन, संस्कार र जिम्मेवारीको पहिचान पनि हो । आफ्नो गाडी सफा राख्न साझा सम्पतिको रूपमा रहेको सडक फोहोर पार्नु सभ्य नागरिकको परिचय होइन। जबसम्म विद्यार्थी, यात्रु र सरोकारवाला निकायहरूले यसलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेर्दैनन्, तबसम्म कानुनले मात्र परिवर्तन ल्याउन गाह्रो हुन्छ ।
तसर्थ, परिवर्तनको सुरुवात आफैँबाट गरौँ र आजैबाट गाडीको झ्यालबाट फोहोर नफ्याँक्ने प्रण गरौँ ।
–प्र.ब.ना.नि. बिष्णु थापा
प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...