सुजुकीका दुई नयाँ एसयूभी नेपालमा सार्वजनिक, यस्तो छ सवै भेरिएन्टको मूल्य र फिचर
सुजुकीका दुई नयाँ एसयूभी ग्रान्ड भिटारा र नयाँ ब्रेजा औपचारिक रुपमा...
मारुती सुजुकीको लोकप्रिय कम्प्याक्ट एसयूभी ब्रेजा चाँडै नै नयाँ रूप र प्रविधिसहित बजारमा आउने तयारीमा रहेको छ। कम्पनीले यसको फेसलिफ्ट मोडलको परीक्षण सुरू गरिसकेको छ । २०२६ मा आउने नयाँ ब्रेजामा अहिलेको मोडलभन्दा फरक र एड्भान्स टेक्नोलोजी हुने सम्भावना रहेको छ।
यसको सबैभन्दा ठूलो परिवर्तन अन्डरबडी सीएनजी ट्याङ्कीमा हुने अनुमान छ । अधिकांश सीएनजी कारमा ट्याङ्की बुट स्पेसभित्र राखिन्छ, जसले सामान राख्ने ठाउँ कम बनाउँछ । तर मारुतीले सीएनजी ट्याङ्की डिक्की भित्र भन्दा पनि फर्शको तल राखिनेछ, जसले अन्डरफ्लोर सीएनजी सिस्टमले यो समस्या पूर्ण रूपमा समाधान गर्नेछ ।
कम्पनीले यसको डिजाइनमा खासै परिवर्तन गरेको छैन । तर, पछाडिका टेललाइटमा हल्का परिवर्तन, नयाँ शैलीका अलोय ह्विल, शार्क-फिन एन्टेना र इन्टिग्रेटेड रियर स्पोइलर जस्ता सुधारहरू देखिने अपेक्षा गरिएको छ ।
कम्पनीले सो फेसलिफ्टेड मोडलमा लेभल २ एडास सिस्टम समावेश गरेको छ, जसमा लेन सपोर्ट, कोलिजन मिटिगेसन र एडाप्टिभ ड्राइभर एड्स जस्ता उन्नत सुविधा हुनेछ । साथै यसको इन्जिनमा पनि कुनै परिवर्तन गरिएको छैन । यसमा १.५ लिटर के१५सी ४ सिलिन्डर इन्जिन यथावत् राखिएको छ । पेट्रोल मोडमा सो इन्जिनले १०२ बीएचपीको पावर र सीएनजी मोडमा ८७ बीएचपीको पावर दिन्छ । पेट्रोल र सीएनजी दुबैमा म्यानुअल र पेट्रोल मोडलमा ६ स्पिड अटोमेटिकको विकल्प हुन सक्छ ।
सुजुकीका दुई नयाँ एसयूभी ग्रान्ड भिटारा र नयाँ ब्रेजा औपचारिक रुपमा...
काठमाडौं – सुजुकी टु ह्विलर्सको नेपालका लागि आधिकरिक वितरक भीजी...
मारुती सुजुकीले वागन आरमा आधारित फ्लेक्स फ्यूलको प्रोटोटाइप सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...