मारुती सुजुकीले देखायो इलेक्ट्रिक एसयूभी इभीएक्सको कन्सेप्ट
मारुती सुजुकीले आज आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी इभिएक्सको कन्सेप्ट...
काठमाडौं - नेपाली क्रिकेटको सर्वाधिक प्रतिक्षित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन आज साँझ ४ बजेदेखि सुरु हुँदैछ । टियू अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा हुने यस प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र गत सिजनमा पाँचौं स्थानमा सीमित भएको काठमाडौं गोर्खाजबीच तीव्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
नेपाली क्रिकेट इतिहासमै पहिलो पटक फ्लडलाइटमा खेलाइने यो खेलका टिकटहरू सार्वजनिक भएको केही घण्टामै सोल्ड आउट भइसकेका छन्, जसले पनि यसको लोकप्रियता र उत्साहलाई प्रमाणित गरेको छ । यो सिजनमा कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमै खेलाइने छ । जसले दर्शकहरूलाई रात्रीकालीन क्रिकेटको मज्जा दिनेछ ।
एनपीएल सिजन २ मा यस पटक नेपालमा उपलब्ध विभिन्न अटोमोबाइल कम्पनीहरुले पनि विभिन्न प्रकारले सहभागिता जनाउने भएका छन् ।
आईएमई मोटर्सले एनपीएल सिजन २ को पावर पार्टनर र ट्राभल पार्टनरको रुपमा कार्य गर्ने भएको छ । एनपीएलमा आईएमई मोटर्स अन्तर्गतका लेपावर र अशोक लेल्यान्ड ब्रान्डले इलेक्ट्रिसिटी पावर ब्याकअप र यातायात सुविधा उपलब्ध गराउने छन् ।
पावर पार्टनरको रुपमा लेपावरले सम्पूर्ण इलेक्ट्रिकल ब्याकअप उपलब्ध गराउने छ । यसका लागि आवश्यक सेटअप, अपरेसन र लगातार रुपमा अनुगमन गर्नका लागि प्राविधिक जनशक्ति समेत उपलब्ध गराउने छ ।
त्यसैगरी ट्राभल पार्टनरको रुपमा अशोक लेल्यान्डले बस लगायतका सवारी साधन उपलब्ध गराउने छ । इभेन्टसँग सम्बन्धित खेलाडीहरु ओसारपसार कार्यमा यी सवारी साधनको प्रयोग हुनेछ । यसका लागि अनुभवी ड्राइभर समेत कम्पनीले उपलब्ध गराउने छ ।
त्यसैगरी एनपीएल सिजन २ को ड्रिभन बाई पार्टनर ओमोडा एन्ड जेइको रहेको छ । ओमोडा एन्ड जेइकोले लिगको उत्साह मनाउँदै एक शानदार ट्रफी टुर कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विशेष रूपमा लिगका लागि ल्याइएको एआई–सञ्चालित चारखुट्टे रोबोट डगको अनावरण पनि गरेको छ । एनपीएल मैदानमा खेलाडी तथा खेल हेर्न पुग्ने दर्शकले समेत ओमोडा जेइको रोबोट डगसँग इन्टर्याक्सन गर्न पाउने छन्।
नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै, ओमोडा एन्ड जेइकोले एनपीएल सिजन २ को “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ । यसअघि एनपीएलको सिजन १ मा पनि ओमोडा एन्ड जेइकोले ‘ड्रिभन बाइ’ सह-प्रायोजकको रूपमा सहकार्य गरेको थियो ।
त्यसैगरी एनपीएल २ को आधिकारिक राइड–हेलिङ पार्टनरको रूपमा नेपालको प्रमुख राइड–हेलिङ एप तथा ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभ रहेको छ ।
मारुती सुजुकीले आज आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी इभिएक्सको कन्सेप्ट...
चाइनिज प्रिमियम ईभी निर्माता कम्पनी जिकरले गिली र भल्वोको सहायक कम्पनी...
इलेक्ट्रिक सवारी साधन(ईभी)को प्रयोग तीव्र गतिमा बढिरहेको छ। यात्रुवाहक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...