सडक दुर्घटना पीडितहरुको सम्झना : मंसिर ४ गते नेपालमा समेत विश्व दिवस मनाइदै
सडक दुर्घटना पीडितहरुको सम्झनामा संसार भर मनाइने विश्व सम्झना दिवस (World Day of...
काठमाडौं नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ को राउन्ड ४ सम्पन्न भएको छ । विभिन्न युवा राइडरहरुले भाग लिएको सो प्रतियोगितामा नेसनल क्याटागोरी अन्तर्गत श्रीहरी पौडेल विजयी बने । त्यसैगरी राजकुमार कार्की फर्स्ट रनर अप र सुजन थापामगर सेकेन्ड रनर अप बने ।
त्यसैगरी नोभिस क्याटागोरी अन्तर्गत सुजित लामा विजयी बने भने सिमोन चौलागाई फर्स्ट रनर अप र प्रशान्त शर्मा सेकेन्ड रनर अप बने ।
विजयी खेलाडीहरुलाई नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई र सचिव निरज खड्का, नेपाल मोटर स्पोर्ट्स क्लबका अध्यक्ष सर्जल वैद्य र अन्य अतिथिहरुले शिल्ड, पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

धुलिखेल रेस ट्रयाकमा गत शनिबार सम्पन्न सो प्रतियोगिता दुई दिन सम्म चलेको थियो । यामाहा नेपालको मुख्य प्रायोजन रहेको सो इभेन्टमा टायर पार्टनर रेज टायर, सेफ्टी गियर पार्टनर कवच गियर थिए भने पावर्ड बाई एक्स्ट्रिम इनर्जी ड्रिंक्स, सपोर्टेड बाई सेल एड्भान्स लुब्रिकेन्ट, टीएनएस मोटो, हिट्को, वन्डरल्यान्ड लगायत रहेका थिए ।
नेपाल मोटर स्पोर्ट्स क्लबले नासा नेपालको सहकार्यमा आयोजना गरेको सो प्रतियोगिता अन्तर्गत यो भन्दा पहिले राउन्ड ३ सम्मका प्रतियोगिता सम्पन्न भइसकेका छन् ।
सडक दुर्घटना पीडितहरुको सम्झनामा संसार भर मनाइने विश्व सम्झना दिवस (World Day of...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) अन्तर्गतको...
पोखरा – गत आइतबार पोखरा रंगशालामा नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...