नेपाली बजारमा भित्रियो अर्को कम मूल्यको सब–कम्प्याक्ट एसयूभी दायुन युइहु
काठमाडौं – नेपाली बजारमा सीजी मोटर्सले अर्को नयाँ ब्रान्डको ईभी...
यामाहा मोटरले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर एरोक्स लन्च गरेको छ । सो मोडल यामाहाको म्याक्सी स्पोर्ट्स सेगमेन्टको पहिलो इलेक्ट्रिक स्कुटर हो । साथै यो एरोक्स १५५ को इलेक्ट्रिक भर्सन हो ।
यामाहा एरोक्स–ई मा ९.४ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ, जसले ४८ एनएमको अधिकतम टर्क उत्पादन गर्छ । स्कुटरमा दुईवटा छुट्याउन मिल्ने ३ किलोवाटको ब्याट्री रहेको छ, जसलाई घरमै सजिलै चार्ज गर्न सकिन्छ । यसले प्रति चार्ज १०६ किलोमिटरको रेन्ज प्रदान गर्छ । यसमा इको, स्ट्यान्डर्ड र पावर गरी तीन राइडिङ मोडहरू उपलब्ध छ । यसमा एउटा ‘बुस्ट’ फङ्सन पनि रहेको छ, जसले छिटो पिकअप लिन र स्टार्ट गर्न सजिलो हुन्छ ।
एरोक्स–ई को शक्तिशाली बडी स्टान्स, सिग्नेचर ‘एक्स’ आकारको डिजाइन र आकर्षक ग्राफिक्सले यामाहाको “हार्ट शेकिङ स्पिडस्टर” लाई प्रतिबिम्बित गर्छ । स्कुटरमा ट्विन क्लास–डी एलईडी हेडलाइट, एलडी फ्ल्यासर र थ्रीडी इफेक्ट टेललाइट जस्ता आधुनिक फिचर समावेश छ, जसले यसलाई स्पोर्टी र प्रिमियम लुक दिन्छ ।
यसमा ठुलो रङ्गिन टीएफटी स्क्रिन रहेको छ । स्कुटरलाई वाई कनेक्ट मोबाइल एपसँग जडान गर्न सकिन्छ, जसबाट टर्न बाई टर्न नेभिगेसन, मेन्टेनेन्स रिमाइन्डर, नोटिफिकेसन र लास्ट पार्किङ लोकेशन विवरण हेर्न सकिन्छ । स्कुटरमा रिभर्स मोड, स्मार्ट–की सिस्टम र बाह्य चार्जिङ पोर्टको सुविधा पनि दिइएको छ ।
काठमाडौं – नेपाली बजारमा सीजी मोटर्सले अर्को नयाँ ब्रान्डको ईभी...
काठमाडौं – यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
पोखरा – एमएडब्लु वृद्धिले पोखरामा आयोजना गरेको एक्सचेन्ज एन्ड टेस्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...