अर्को महिनाबाटै सुरु हुने भयो भारतमा टेस्ला कार बिक्री
टेस्लाले अर्को महिना भारतमा आफ्नो सञ्चालन सुरु गर्ने तयारी गरेको छ ।...
टेस्लाका प्रमुख एलन मस्कलाई कम्पनीका शेयरधनीहरूले करिब १ ट्रिलियन डलर (१० खर्ब डलर) बराबरको कीर्तिमानी पारिश्रमिक प्याकेज स्वीकृत गरेका छन् ।
बीबीसीका अनुसार, यो अभूतपूर्व सम्झौता ७५ प्रतिशत मतका साथ पारित भएको थियो र बिहीबार कम्पनीको वार्षिक साधारण सभामा उपस्थित दर्शकहरूले यसलाई ठूला तालीसहित स्वागत गरे ।
विश्वकै धनी व्यक्ति रहेका मस्कले आगामी १० वर्षमा कम्पनीको बजार मूल्य ठूलो मात्रामा वृद्धि गर्नुपर्नेछ । उनले तोकिएका विभिन्न लक्ष्य पूरा गरेमा उनलाई सयौं मिलियन नयाँ सेयरका रूपमा पुरस्कार दिइनेछ ।
यो सम्भावित पारिश्रमिकको विशाल परिमाणका कारण आलोचना पनि भएको छ । तर यो पारिश्रमिक दिन अस्वीकार गरे मस्कले कम्पनी छोड्न सक्ने र उनको अभाव कम्पनीलाई महंगो पर्ने भएकोले टेस्लाको बोर्डले स्पष्ट पारेको छ ।
घोषणापछि मस्क टेक्सासको अष्टिनमा मञ्चमा पुगेर खुसी मनाएका थिए । उनले भने, ‘हामी टेस्लाको भविष्यको नयाँ अध्यायमा होइन, पूरै नयाँ पुस्तकमै प्रवेश गर्दैछौं ।’
आगामी दशकमा मस्कले आफ्नो पारिश्रमिकको अधिकतम लाभ लिनका लागि टेस्लाको बजार मूल्य अहिलेको १.४ ट्रिलियन डलरबाट बढाएर ८.५ ट्रिलियन डलर पु-याउनु पर्नेछ । त्यसैगरी, उनले एक मिलियन स्वचालित ‘रोबोट्याक्सी’ गाडी व्यावसायिक रूपमा सञ्चालनमा ल्याउनुपर्नेछ ।
तर बिहीबारको प्रारम्भिक सम्बोधनमा उनले ‘अप्टिमस रोबोट’ मा ध्यान केन्द्रित गरेसँगै धेरैजना विश्लेषक र टेस्लाका शुभचिन्तकहरू निराश बनेका छन् । उनीहरू मस्कले पुन इलेक्ट्रिक गाडी व्यवसायमा ध्यान दिएको हेर्न चाहन्थे ।
अमेरिकी नियामक निकायहरूले अहिले टेस्लाको स्वचालित ड्राइभिङ प्रणालीमाथि अनुसन्धान गरिरहेका छन् । किनभने ती गाडीहरू रातो बत्ती पार गरेर वा गलत लेनमा चलेका घटनाहरूमा दुर्घटना र चोटपटकका केस देखिएका छन् ।
टेस्लाको शेयर मूल्य सामान्य व्यापारपछि केही बढेको छ र पछिल्लो छ महिनामा यो ६२ प्रतिशतले उकालो लागेको छ । यसअघि मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकटता बढाएपछि कम्पनीको बिक्री घटेर निकै खराब अवस्थामा पुगेको थियो ।
टेस्लाले अर्को महिना भारतमा आफ्नो सञ्चालन सुरु गर्ने तयारी गरेको छ ।...
टेस्लाले अब बालबालिकाका लागि पनि अत्याधुनिक र आकर्षक इलेक्ट्रिक सवारी...
बीवाईडीले सन् २०२४ मा १०७ अर्ब अमेरिकी डलरको वार्षिक आम्दानी गर्दै एलन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...