साइमेक्स बीवाईडीले विपद् प्रभावित क्षेत्रका लागि अर्थमन्त्रीलाई हस्तान्तरण ग-यो ७ करोडको चेक
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बाढी...
२०२५ टोकियो मोटर शोमा बीवाईडीले आफ्नो पहिलो के–कार राकोको डेब्यू गरेसंगै यसले जापानी अटो जायन्टहरुको ध्यान खिचेको छ । बीवाईडीको नयाँ कार लन्च भएपछि सुजुकी मोटरका अध्यक्ष तोशिहिरो सुजुकीले बिवाईडीलाई ‘प्रमुख खतरा’ को रूपमा वर्णन गरेका छन् ।
सुजुकी मोटरका अध्यक्ष तोशिहिरो सुजुकीले जापानको लाइट भेइकल सेग्मेन्टमा बीवाईडीको प्रवेशलाई महत्वपूर्ण विकासको रूपमा स्वीकार गरे । ‘विश्वभरि धेरै साना कार मापदण्डहरू छन् र बीवाईडीले जापानको के–कार मापदण्ड रोजेको छ । म यसबाट खुसी छु’ सुजुकीले भने, ‘नयाँ प्रतिस्पर्धा सुरु हुँदैछ र हामी एक अर्काबाट सिक्न र अगाडि बढ्न सक्छौ ।’ जापानी उपभोक्ताहरू चिनियाँ उत्पादनहरू खरिद गर्न बढी खुला हुँदै गइरहेको अवस्थामा बीवाईडीले एक महत्वपूर्ण खतराको प्रतिनिधत्व गरेको उनको भनाई छ ।
सुजुकीको जवाफमा एशिया–प्यासिफिक अटो सेल्सका महाप्रबन्धक लिउ जुएलियाङले भने, ‘हामी जापानी कार निर्माताहरूसँग प्रतिस्पर्धा गर्न आउँदै छैनौं । हाम्रो लक्ष्य जापानी उपभोक्ताहरूलाई थप विकल्पहरू प्रदान गर्नु हो, ताकि उनीहरूले कुन कार वा ब्रान्ड मन पराउँछन् भनेर स्वतन्त्र रूपमा निर्णय गर्न सकून् ।’
बीवाईडी जापानमा दुई दशकदेखि सक्रिय भए पनि कम्पनीले आधिकारिक रूपमा जुलाई २०२२ मा मात्र देशको प्यासेन्जर कार बजारमा प्रवेश गरेको थियो । कम्पनीले हाल एट्टो३, डल्फिन, सिल र सिलायन ७ सहित धेरै मोडलका बिद्युतीय कार बिक्री गर्दै आएको छ ।
जापानको के–कार बजारमा होन्डा एन बक्सले नेतृत्व लिँदै आएको छ । त्यसपछि सुजुकी स्पेसिया, दाइहात्सु मुभ र ट्यान्टो तथा सुजुकीकै हसलर जस्त मोडल लोकप्रिय छन् । जापानको कुल कार बजारमा के कारको हिस्स ४० प्रतिशत हाराहारी छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...