काठमाडौंका यातायात कार्यालयमा आंशिक रूपमा लाइसेन्स र सवारी दर्ता सेवा पुनः सुरु
जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको सूचना प्रविधि...
काठमाडौं - सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) पुनः नागरिक एपमा उपलब्ध भएको छ।
गत भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा यातायात व्यवस्था विभागको डाटा सेन्टरमा आगजनीबाट क्षति हुँदा ड्राइभिङ लाइसेन्स नागरिक एपबाट हटेको थियो।
मंगलबारदेखि पुनः ड्राइभिङ लाइसेन्स नागरिक एपमा उपलब्ध भएको विभागले जानकारी दिएको छ ।
लामो मिहिनेतपश्चात् विभिन्न यातायात व्यवस्था कार्यालयबाट लाइसेन्सको सेवा र ड्राइभिङ लाइसेन्स नागरिक एपमा उपलब्ध गराउन सकिएको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताए । विभागको भवनसमेत आगजनीबाट क्षति भएकाले कार्यालयले यात्रु प्रतिक्षालयबाट सेवा दिँदै आएको छ । उनका अनुसार मंगलबारसम्म ४२ वटा यातायात कार्यालयमध्ये २८ वटाबाट लाइसेन्स नवीकरणसम्बन्धी काम सञ्चालन भएको छ ।
पोखरा, इटहरी, लहान, बुटवल, धनगढी, दाङ र चितवनसहित ७ वटा कार्यालयमा तत्काल सेवा सुरु हुने छैन ।
केन्द्रीय सर्भरमा भएको क्षतिले सेवा बन्द भएपछि लाखौँ सेवाग्राही प्रभावित बनेका थिए । फिचर फिर्ता भएसँगै अब ट्राफिक जाँचका क्रममा नागरिक एपमा रहेको लाइसेन्स देखाए पुग्ने भएको छ ।
साथै ट्राफिक नियम उलङ्घन गरेपछि लिइने सचेतना कक्षा पनि नागरिक एपमार्फत नै लिन सकिने भएको छ । यदि सेवाग्राहीको मोबाइलमा ड्राइभिङ लाइसेन्स नदेखिए एप पुनः सुरु (Restart) गर्न नागरिक एपले अनुरोध गरेको छ ।
जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको सूचना प्रविधि...
काठमाडौं – देशभरि दर्ता भएका सवारी साधन संख्या ५८ लाख ५० हजारभन्दा माथि...
काठमाडौं – नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्स र ट्राफिकसँग सम्बन्धित सबै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...