एमएडब्लू वृद्धिले क्रिसमसको अवसरमा भक्तपुरमा सञ्चालनमा ल्यायो पहिलो सोकोन शोरुम
नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल...
काठमाडौं–नेपाली बजारमा लोकप्रियता हाँसिल गर्दै आएको सारथी ब्राण्डको विद्युतीय स्कुटरले यो चिसो मौसमलाई अझ उत्साहपूर्ण बनाउन ‘विन्टर अफर’ सार्वजनिक गरेको छ ।
अब ग्राहकहरूले सारथीका विभिन्न मोडेलका स्कुटर खरिद गर्दा अधिकतम १७ हजारसम्म नगद छुट पाउन सक्नेछन् । कम्पनीका अनुसार यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ ।
स्कुटरको बजार मुल्य २ लाख १६ हजार भएतापनि यो अफर अन्तर्गत अब जम्मा १ लाख ९९ हजारमा इकुटर ई३ मोडललाई र खरिद गर्न पाइनेछ ।
वातावरणीय अनुकुलता र स्वदेशी उर्जाको उपयोगमा आधारित सारथी इकुटर ब्रान्डले नेपाली ग्राहकको बजेट, यात्रा आवश्यकताहरू र वातावरणीय जिम्मेवारीलाई ध्यानमा राख्दै स्कुटरहरू निर्माण गर्दै आएको छ । अबको यो अफरले मूल्यमा राहत मात्र होइन, विद्युतीय सवारीप्रतिको आकर्षण पनि थप बढाउने कम्पनीको विश्वास छ ।

कम्पनीका मार्केटिङ प्रमुख शंकर शर्माका अनुसार यो अफरले ग्राहकलाई विद्युतीय सवारी रोज्न थप प्रोत्साहन दिनेछ । ‘हाम्रो उद्देश्य किफायती मूल्यमा आधुनिक, भरपर्दाे र वातावरणमैत्री मोबिलिटी समाधान प्रदान गर्नु हो’ उनले भने, ‘सारथीका स्कुटरहरूमा उच्च गुणस्तरका ग्राफिन तथा लिथियम ब्याट्री, स्मार्ट डिस्प्ले, रेजेनेरेटिभ ब्रेकिङ प्रणाली र आधुनिक डिजाइन उपलब्ध छन् ।’
स्कुटरमा उपलब्ध १२ इन्चका ठुला ठुला टायर, डबल डिस्क ब्रेक, ३५ लिटरको बुट स्पेस लगायत विशेषताले शहरभित्रको दैनिक यात्रा सहज बनाउँछ । साथै, पेट्रोलको बढ्दो मूल्य र प्रदूषणको समस्याबीच यो स्कुटर वातावरणमैत्री विकल्पका रूपमा स्थापित हुँदै गएको छ ।
विन्टर अफर अन्तर्गत ग्राहकले नगद छुटसँगै विशेष फाइनान्स सुविधा पनि पाउनेछन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी सजिलो किस्ताबन्दीमा स्कुटर खरिद गर्न सकिने व्यवस्था गरेको छ । साथै, प्रत्येक खरिदकर्तालाई एक वर्षको निःशुल्क सर्भिसिङ र विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी पनि प्रदान गरिने बताइएको छ ।
नेपालभरका सारथी शोरूम तथा अधिकृत विक्रेताबाट यो अफर प्राप्त गर्न सकिनेछ । यो अवसर सीमित समयका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकहरूलाई छिटो निर्णय गर्न कम्पनीले आग्रह गरेको छ ।
नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल...
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री...
काठमाडौं – फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...