नोभेम्बर १० मा ग्लोबल डेब्यु हुँदै नयाँ टोयोटा हाइलक्स, डिजाइन र प्रविधिमा ठूलो परिवर्तन हुने

विश्वप्रसिद्ध पिकअप ट्रक टोयोटा हाइलक्सको नयाँ पुस्ता सार्वजनिक हुने मिति तय भएको छ। कम्पनीले जारी गरेको नयाँ टिजर इमेज अनुसार आगामी नोभेम्बर १० मा थाइल्यान्डमा पहिलो पटक यसको ग्लोबल डेब्यु गरिने छ ।

टोयोटाले सार्वजनिक गरेको छोटो टिजर र पछिल्ला स्पाई सटहरूका आधारमा हेर्दा, नयाँ हाइलक्सले हाल प्रयोग भइरहेको आईएमभी लेडर–फ्रेम प्लेटफर्मलाई नै कायम राख्ने देखिन्छ। यही प्लेटफर्ममा हाल उपलब्ध हाइलक्स तयार गरिएको थियो, जसले यसको कठोरता, टिकाउपन र अफरोड क्षमतालाई उच्च बनाएको छ।

टिजर अनुसार नयाँ हाइलक्समा बाह्य रूपमै ठूला परिवर्तनहरू ल्याइएका छन्। अगाडिको भागमा नयाँ जे आकारको एलईडी हेडलाइट, आकर्षक एलईडी टेललाइट, पछाडि ठूलो इमबोस्ट अक्षरमा “टोयोटा” लेखिएको डिजाइन, र नयाँ ७–स्पोक अलोय ह्विल्स जस्ता विशेषताहरू समावेश हुनेछन्।

त्यस्तै, अगाडिको बोनटलाई अझ बढी मस्कुलर बनाइएको छ । दुवै छेउमा हल्का उभार दिइएको छ, जसले यसलाई थप दमदार उपस्थिति उपलब्ध गराएको छ ।

नयाँ पुस्ताको हाइलक्समा पनि पहिलेका जस्तै २.८ लिटर र २.४ लिटर फोर–सिलिन्डर टर्बो–डिजेल इन्जिनहरू नै रहने अपेक्षा गरिएको छ। तर यी इन्जिनहरूमा यसपटक ४८–भोल्ट माइल्ड–हाइब्रिड प्रविधि थपिनेछ, जसले इन्धन दक्षता र उत्सर्जन नियन्त्रणमा सुधार ल्याउनेछ।

यससँगै, इतिहासमै पहिलो पटक पूर्ण रूपमा विद्युतीय (ईभी) संस्करण पनि हाइलक्समा उपलब्ध हुने अनुमान गरिएको छ। यसले टोयोटाको विद्युतीय सवारीतर्फको दीर्घकालीन योजनालाई थप बल प्रदान गर्नेछ।

टोयोटा हाइलक्स दक्षिण–पूर्व एशिया, विशेषगरी थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया र फिलिपिन्समा अत्यधिक लोकप्रिय मोडल हो। त्यसैगरी नेपाली बजारमा पनि टोयोटा हाइलक्स लोकप्रिय मोडल मानिन्छ । लामो दुरीको यात्राका लागि यो सवारी साधन धेरै नै प्रयोगमा आएको पाइन्छ ।

टोयोटा हाइलक्स विश्वभरको सबैभन्दा भरोसायोग्य र टिकाउ पिकअपमध्ये एक मानिन्छ। अफरोड क्षमताको कारण यो अफ्रिका, मध्यपूर्व र दक्षिण एशियाली बजारमा पनि अत्यधिक मागमा रहँदै आएको छ।

सम्बन्धित समाचारहरू

असार ५ देखि एक्सपेरियन्स टोयोटा २०८१ हुने, १२ वर्ष सम्मको बैंकिङ र अन्य धेरै सुविधा पाइने

असार ५ देखि एक्सपेरियन्स टोयोटा २०८१ हुने, १२ वर्ष सम्मको बैंकिङ र अन्य धेरै सुविधा पाइने

काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

हाइलक्स ईभीलाई टोयोटाले अर्को वर्षदेखी थाइल्याण्डबाट उत्पादन सुरु गर्ने

हाइलक्स ईभीलाई टोयोटाले अर्को वर्षदेखी थाइल्याण्डबाट उत्पादन सुरु गर्ने

हाइलक्स पिकअपको इलेक्ट्रिक भर्सन २०२५ को अन्त्य सम्ममा उत्पादनमा प्रवेश...

होन्डाको हाइब्रिड कारमा टोयोटाको ब्याट्री, ट्रम्पको नयाँ कर नितिले समस्यामा अटो उत्पादक

होन्डाको हाइब्रिड कारमा टोयोटाको ब्याट्री, ट्रम्पको नयाँ कर नितिले समस्यामा अटो उत्पादक

होन्डाले आफ्नो हाईब्रिड मोडलका लागी टोयोटाको अमेरिकी प्लान्टबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...