रोयल इन्फिल्डद्वारा हिमालयन ४५० र्याली टिजर सार्वजनिक, अफरोड क्षमतामा ठूलो सुधार

रोयल इन्फिल्डले आफ्नो नयाँ अफ-रोड मोडल हिमालयन ४५० र्यालीको टिजर सार्वजनिक गरेको छ, जसमा यस मोटरसाइकलमा गरिएको महत्वपूर्ण परिवर्तन र नयाँ सुविधाको झलक देखाइएको छ। कम्पनीले यसलाई आगामी नोभेम्बर ४, २०२५ मा इटालीमा आयोजना हुने ईआईसीएमए २०२५ कार्यक्रममा पेश गर्ने योजना बनाएको छ ।

नयाँ हिमालयन ४५० र्यालीमा सबैभन्दा ठुलो परिवर्तन यसको पछाडिको भागको नयाँ फ्लेयर डिजाइन हो, जसले बाइकलाई अझ एग्रेसिभ र र्याली-रेडी बनाएको देखिन्छ। यसमा अतिरिक्त फ्युल ट्याङ्की दिइएको छ जसले लामो यात्राका क्रममा सहज बनाउनेछ ।

र्याली-शैलीको फ्ल्याट सिटले सवारलाई लामो दूरी र कठिन भूपरिस्थितिमा पनि सहज र आरामदायी राइडिङ पोजिसन दिनेछ। ट्युबलेस स्पोक ह्विल र अफरोड टायरको समावेशले यस मोडललाई एड्भेन्चर बाइकका रूपमा स्थापित गर्नेछ। साथै, लामो ट्राभल भएको सस्पेन्सनले उकाली–ओराली, ढुङ्गा–ढिस्को भएका मार्गमा बाइकलाई सहजसँग अघि बढ्न मद्दत गर्नेछ।

यसमा ४५२ सीसी क्षमताको लिक्विड-कुल्ड सिंगल-सिलिन्डर इन्जिन रहनेछ, जसले ४० पीएस पावर र ४० एनएम टर्क उत्पादन गर्छ । परफर्मेन्सका लागि यसमा नयाँ आफ्टरमार्केट एक्जस्ट सिस्टम पनि समावेश गर्ने सम्भावना रहेको छ ।

सो मोडल मुख्य रूपमा एड्भेन्चर र अफरोड चुनौती मन पराउने राइडरका लागि तयार गरिएको हो। हिमाली भेगका कठिन भूभाग वा गम्भीर र्याली परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ विकास भइरहेको सो बाइकले रोयल इन्फिल्डको अफरोड क्षमतामा नयाँ अध्याय थप्ने देखिन्छ।

नयाँ हिमालयन ४५० र्यालीको मूल्य करिब ३ लाख ५ हजार भारु हुने अनुमान छ र यसको लन्च मोटोभर्स 2025 मा हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड नेपालद्वारा अनलाइन सर्भिस क्विज विजेता पुरस्कृत

रोयल इन्फिल्ड नेपालद्वारा अनलाइन सर्भिस क्विज विजेता पुरस्कृत

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...

भारतमा हरेक महिना ३० हजार भन्दा बढी युनिट बिक्री हुन्छ रोयल इन्फिल्डको यो मोटरसाइकल

भारतमा हरेक महिना ३० हजार भन्दा बढी युनिट बिक्री हुन्छ रोयल इन्फिल्डको यो मोटरसाइकल

रोयल इन्फिल्डले सेप्टेम्बर महिनामा भारतमा कुल ७९ हजार ३ सय २६ युनिट...

परिक्षणका क्रममा देखियो रोयल इनफिल्ड हिमालयन इलेक्ट्रिक, छिट्टै लन्च हुने

परिक्षणका क्रममा देखियो रोयल इनफिल्ड हिमालयन इलेक्ट्रिक, छिट्टै लन्च हुने

रोयल इनफिल्ड हिमालयनको इलेक्ट्रिक भर्सन पहिलोपटक परिक्षणका क्रममा देखा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...