बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले ‘राइड मोर, विन मोर’ अभियानका विजेताहरूलाई पुरस्कार प्रदान गरेको छ । यो अभियान आफ्नो दैनिक यात्रामा इनड्राइभ प्रयोग गर्ने नियमित प्रयोगकर्ताहरूलाई पुरस्कृत गर्न सन्चालन गरिएको थियो, जसमा प्रयोगकर्ताहरूले इनड्राइभ एपमार्फत राइड बुक गरेर आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गरेका थिए ।
इनड्राइभको वृद्धि हुँदै गैरहेको समुदाय र कम्पनिप्रतिको बलियो विश्वास र संलग्नतालाई प्रतिबिम्बित गर्दै काठमाडौंका अत्यधिक प्रयोगकर्ताहरू क्याम्पेनमा सहभागी थिए । इनड्राइभमार्फत कम्तिमा ३ राइड पूरा गर्ने यात्रुहरू स्वचालित रूपमा लक्की ड्रमा प्रवेश गरेका थिए, जसले उनीहरूलाई विशेष पुरस्कारहरू जित्ने र इनड्राइभसँग आफ्नो दैनिक यात्रा मनाउने असीमित अवसरहरू प्रदान गरेको थियो ।
क्याम्पेनको मुख्य आकर्षणमा १० जना भाग्यशाली विजेताहरूले ब्रान्ड–न्यू याडिया ई८एस प्रो इलेक्ट्रिक स्कुटर जित्न सफल भएका छन् भने ३० जनाले अल्टिमा वाच सर्कल स्मार्टवाच जितेका छन् ।
इनड्राइभकी नेपाल रिप्रेजेन्टेटिभ रीता पोखरेलका अनुसार, यो क्याम्पेनमा प्रयोगकर्ताहरूको अत्यधिक सहभागिता रहेको थियो । ‘हाम्रा वफादार यात्रुहरूलाई हरेक दिन इनड्राइभ छनोट गरेकोमा धन्यवाद दिन ‘राइड मोर, विन मोर’ क्याम्पेन संचालन गरेका थियौँ । इनड्राइभ रोजाइको स्वतन्त्रता र निष्पक्षतामार्फत मानिसहरूलाई सशक्त बनाउनमा विश्वास गर्दछ । हाम्रो अद्वितीय पियर–टु–पियर मूल्य निर्धारण मोडेलले गर्दा यात्रु र चालकहरू प्रत्यक्ष रूपमा उचित मूल्यमा सहमत हुन सक्छन र यसले नै यात्रालाई पारदर्शी, लचिलो र समुदाय–संचालित बनाउँछ । हामी निष्पक्ष र पारदर्शी सेवामार्फत समुदायलाई सशक्त बनाउन जारी राख्ने थप पहलहरूका लागि तत्पर छौं’ उनले भनिन ।
यस क्याम्पेनका साथ इनड्राइभले स्थानीय नेपाली समुदायसँगको आफ्नो सम्बन्धलाई बलियो बनाउने कार्य जारी राखेको छ । यसको पियर–टु–पियर मूल्य निर्धारण मोडेल मार्फत यात्रु र चालक दुवैलाई निर्णय गर्ने स्वतन्त्रता दिन्छ र प्रत्यक राइडमा पारस्परिक सम्मान र निष्पक्षता प्रतिबिम्बित होस् भनेर सुनिश्चित गर्दछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...