केवाईसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यान बिक्री रोक्न अदालतको आदेश

काठमाडौँ–उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ । ‘नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नू र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण समेत नगर्नू,’ अदालतले दिएको आदेशमा भनिएको छ ।

यसअघि गएको १५ साउनमा पाटन उच्च अदालतले सीजी मोटर्स बाहेक अन्य कुनै पनि कम्पनीलाई केवाईसी गाडी आयात नगर्न आदेश दिएको थियो । तर, उक्त आदेशलाई बेवास्ता गर्दै केवाईसी गाडीको नाम फेरेर ‘नियोसिया÷स्टार भी ईभी’ ब्रान्डमा सोही गाडी पुनः आयात गरिएको थियो ।

यसअन्तर्गत ‘इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रालि’ नामक कम्पनी र त्यसकै सञ्चालकहरूले नयाँ कम्पनी ‘एम्बर मोटर्स प्रालि’ खडा गरी गाडी आयात गरिरहेको तथ्य बाहिरिएको थियो ।

केवाईसी ब्रान्डका गाडी नेपालमा सीजी मोटर्सले आधिकारिक रूपमा आयात गर्दै आएको छ भने देशभर बिक्री, सेवा र चार्जिङ नेटवर्क विस्तार गरिरहेको छ ।

केवाईसीको उत्पादक कम्पनी चोंगकुइंग चाइनाले पनि सोही गाडीको नाम ‘नियोसिया’ राखेको पुष्टि भएको छ । मोडेल, बनावट र फिचरहरू उही भए पनि नाम परिवर्तनले बौद्धिक सम्पत्ति अधिकार र अन्तरदेशीय व्यापार नियमनबारे नयाँ कानुनी प्रश्न उठाएको छ ।

अदालतको आदेशसँगै नियोसिया ब्रान्डका गाडी नेपालमा आयात वा बिक्री गर्ने प्रयास रोकिएको छ ।

सम्बन्धित समाचारहरू

नामीको नेपालमा अर्को उपलब्धि, १००० ईभी नेपाली सडकमा

नामीको नेपालमा अर्को उपलब्धि, १००० ईभी नेपाली सडकमा

काठमाडौं – नेपाली सडकमा १ हजार भन्दा बढी नामी ईभी गुड्न थालेका छन् । यही...

यस्ता छन् १०० किलोवाट क्षमताका साथ भित्रिएको बीवाईडी एट्टो ३ का विशेषता

यस्ता छन् १०० किलोवाट क्षमताका साथ भित्रिएको बीवाईडी एट्टो ३ का विशेषता

सरकारले मोटर क्षमताको आधारमा भन्सार र अन्तःशुल्क दर निर्धारण गरेपछि १००...

टेस्लाले रकेट इन्जिन भएको इलेक्ट्रिक रोडस्टर ल्याउँदै, अर्को वर्षदेखि डेलिभरी गर्ने

टेस्लाले रकेट इन्जिन भएको इलेक्ट्रिक रोडस्टर ल्याउँदै, अर्को वर्षदेखि डेलिभरी गर्ने

टेस्लाको सबैभन्दा पावरफुल कार रोडस्टर सुपरकारको निकै चर्चा चलिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...