१० एयरब्याग र प्रिमियम सुविधासहित स्कोडा अक्टाभिया आरएस लन्च

स्कोडाले भारतमा आफ्नो नयाँ अक्टाभिया आरएस लन्च गरेको छ। यसको मूल्य ४९ लाख ९९ हजार भारु तोकिएको छ। सो एसयूभीको डेलिभरी नोभेम्बर ६ बाट सुरु हुनेछ। स्कोडाले सो एसयूभी यस वर्ष भारतमा केवल १०० युनिट मात्र उपलब्ध गराउनेछ।

नयाँ अक्टाभिया आरएसमा २.० लिटर क्षमताको टीएसआई टर्बोचार्ज्ड पेट्रोल इन्जिन प्रयोग गरिएको छ, जसले २६५ पीएस पावर र ३७० एनएम टर्क उत्पादन गर्छ। यसको इन्जिन ७ स्पिड डीएसजी अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ। सो कारले केवल ६.४ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ र यसको उच्चतम गति २५० किलोमिटर प्रतिघण्टा रहेको छ।

नयाँ अक्टाभिया आरएस बोल्ड र स्पोर्टी लुकमा प्रस्तुत गरिएको छ । यसमा एलईडी म्याट्रिक्स हेडलाइट, डाइनामिक इन्डिकेटर्ससहितको एलईडी टेलल्याम्प, ग्लासी ब्ल्याक स्टाइलिङ एलिमेन्ट, १९ इन्च एलियास एन्थ्रासाइट अलोय ह्विल र लो प्रोफाइल स्पोर्ट्स टायरजस्ता फिचर रहेको छ । यसको लम्बाइ ४.७ मिटर, ह्विलबेस २६७७ एमएम छ र बुट स्पेस ६०० लिटर रहेको छ ।

यसमा सेफ्टीका लागि १० एयरब्याग, ३६०-डिग्री क्यामेरा, एडास सुइट, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन असिस्ट, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, इन्टेलिजेन्ट पार्क असिस्ट, आईसोफिक्स चाइल्ड सिट माउन्ट र हेड-अप डिस्प्ले जस्ता अत्याधुनिक सुरक्षा फिचर रहेको छ । साथै, यसमा ६७५ वाट पावरको ११ स्पिकर क्यान्टन साउन्ड सिस्टम पनि समावेश गरिएको छ।

नयाँ अक्टाभिया आरएसमा ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी र ४ वर्षको नि:शुल्क रोडसाइड असिस्टेन्स समावेश छ।

सम्बन्धित समाचारहरू

स्कोडाको उत्पादन क्षमता ३० प्रतिशतले बृद्धि, वर्षमा ७० हजार काइल्याक उत्पादनको लक्ष्य

स्कोडाको उत्पादन क्षमता ३० प्रतिशतले बृद्धि, वर्षमा ७० हजार काइल्याक उत्पादनको लक्ष्य

स्कोडाले भारतमा आफ्नो उत्पादन क्षमतालाई बृद्धि गरेको छ । कम्पनीले चाकन...

स्कोडाको नयाँ इलेक्ट्रिक कारकाे  टिजर सार्वजनिक, २०२६ सम्ममा ६ कार लन्च गर्ने

स्कोडाको नयाँ इलेक्ट्रिक कारकाे टिजर सार्वजनिक, २०२६ सम्ममा ६ कार लन्च गर्ने

स्कोडाले आफ्नो आगामी इलेक्ट्रिक कम्प्याक्ट एसयूभी एलराेकको टिजर...

स्कोडा कारमा ४ लाखसम्म नगद छुट, कतार ग्रान्ड प्रिक्स हेर्ने सुनौलो अवसर

स्कोडा कारमा ४ लाखसम्म नगद छुट, कतार ग्रान्ड प्रिक्स हेर्ने सुनौलो अवसर

काठमाडौं–स्कोडा नेपालले यस चाडपर्वलाई लक्षित गर्दै ‘स्कोडा फेस्टिभ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...