निसान सर्भिसद्वारा सातदोबाटो ट्राफिक स्टेशनलाई टेलिभिजन सेट लगायत सहयोग

काठमाडौं – स्थानीय प्रशासनलाई सहयोग पुर्याउने र समुदाय पुनःस्थापनामा योगदान पुर्याउने उद्देश्यले, निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पको सर्भिस सेन्टर ‘निसान सर्भिस’ ले सातदोबाटो ट्राफिक प्रहरी कार्यालयलाई टेलिभिजन सेट हस्तान्तरण गरेको छ।

विरोधका कठिन परिस्थितिहरूबीच पनि सडकमा अनुशासन कायम राख्दै जनसुरक्षाका लागि अहोरात्र खटिएका नेपाल ट्राफिक प्रहरीको समर्पण र सेवाको कदरस्वरूप यो हस्तान्तरण कार्यक्रम आयोजना गरिएको निसान सर्भिसको भनाइ छ ।

सातदोबाटो ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधिहरूले निसानको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै, निजी र सरकारी क्षेत्रबीचको यस्ता सहकार्यले विषम परिस्थितिमा समुदायको दृढता र आपसी साझेदारीलाई बढावा दिने विश्वास व्यक्त गरे ।

यस पहलमार्फत निसान सर्भिसले सामाजिक उत्तरदायित्व, सामुदायिक साझेदारी र नेपालको विकास तथा जनकल्याणमा सकारात्मक योगदान दिने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको बताएको छ।

पायोनियर मोटोकर्पले निसानका सम्पूर्ण मोडलहरूका लागि बिक्री, सर्भिस र स्पेयर पार्ट्स सुविधाहरू प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचारहरू

बढ्यो सार्वजनिक यातायातको भाडा, अब कहाँको कति ?

बढ्यो सार्वजनिक यातायातको भाडा, अब कहाँको कति ?

काठमाडौं – सरकारले हिजोदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको...

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण...

जोरबिजोर प्रणाली हट्यो बस, माइक्रो र टेम्पोमा

जोरबिजोर प्रणाली हट्यो बस, माइक्रो र टेम्पोमा

काठमाडौँ – उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...