एलएफपी ब्लेड ब्याट्री उत्पादनका लागि बीवाईडीले दियो जीएम र फोर्डको सप्लायरलाई सहमति
कमर्सियल सवारी साधनका लागि आवश्यक लिथियम आइरन फस्फेट (एलएफपी) ब्लेड...
पोखरामा लिपमोटर र सिट्रोनको नयाँ शोरुम खुलेको छ । एसएसएल मोटर्सले सञ्चालनमा ल्याएको सो नयाँ शोरुमको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।
शिवचोकमा स्थपना भएको मल्टिब्राण्ड शोरुमबाट कम्पनीले थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) सेवा प्रदान गर्नेछ । शोरुम उद्घाटनकै अवसरमा लिपमोटरको नयाँ मोडल बि१० विद्युतीय गाडीसमेत सार्वजनिक भएको छ ।
लिपमोटर र सिट्रोन गाडीको अन्तर्राष्ट्रियस्तरको शोरुम उद्घाटनसँगै पोखराको अटोमोबाइल क्षेत्र थप सशक्त भएको विश्वास गरिएको छ । सो शोरुमले प्रिमियम, ग्राहक केन्द्रित अटोमोटिभ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।
शोरुममा उपस्थित भएर पोखरा क्षेत्रका ग्राहकले टेस्ट ड्राइभ, विशेषज्ञ परामर्श र दुवै ब्राण्डका नवीनतम मोडेलबारे प्रत्यक्ष बुझ्न सकिनेछ ।
लिपमोटर बि१० स्मार्ट, सुरक्षित र आकर्षक गाडी हो । ‘लाइफ’ र ‘डिजाइन’ गरी लिपमोटर बि१० नेपालमा दुई भेरियन्टमा उपलब्ध छ । ‘लाइफ’ भेरियन्टको मूल्य ५५ लाख रुपैयाँ पर्छ । अहिले कम्पनीले ‘लाइफ’को अफर मूल्य ४९ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ ।
त्यस्तै ‘डिजाइन’ भेरियन्टको मूल्य ६० लाख रुपैयाँ रहेपनि अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ मात्र कायम गरिएको छ । अफर मूल्यका कारण लिपमोटरका ग्राहकहरु लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।
कमर्सियल सवारी साधनका लागि आवश्यक लिथियम आइरन फस्फेट (एलएफपी) ब्लेड...
फ्रान्सको कार निर्माता कम्पनी रेनोले पहिलो इलेक्ट्रिक एसयूभी मेगेन ई–टेक...
इलेक्ट्रिक टु-व्हिलर स्टार्ट-अप ओबेन इलेक्ट्रिकले हालै आफ्नो रोर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...