सुजुकी ई–भिटाराको ५० प्रतिशत उत्पादन जापान र यूरोप निर्यात गरिने, भारतमा यस्तो छ तयारी
सुजुकीले भारत मोबिलिटी एक्सपो–२०२५ मा सार्बजनिक गरेको बिद्युतिय कार...
भारतमा केही वर्षयता साना कारको बिक्री घट्दै गएको देखिएको थियो । ठूला र लग्जरी सवारी साधनप्रति बढ्दो आकर्षणका कारण मारुती अल्टो, वागनआर जस्ता मोडलको बजार कमजोर भएको मानिएको थियो। तर अहिले परिस्थितिमा ठुलो परिवर्तन आएको छ। हालै भारत सरकारले साना कारमा जीएसटी २८ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा ल्याएपछि यस सेगमेन्टका गाडीको माग ह्वात्तै बढेको छ।
मारुती सुजुकीका अध्यक्ष आर.सी. भार्गवले पहिले नै एन्ट्री-लेभल कारको बढ्दो मूल्यले मध्यम वर्गका ग्राहकलाई पछाडि पारिरहेको बताएको थियो। तर जीएसटी कटौतीपछि ती कारको मूल्यमा आएको कमीले फेरि साना कारलाई सामान्य ग्राहकको पहुँचमा ल्याएको छ। फलस्वरूप, साना कारहरूको बिक्रीमा उल्लेखनीय वृद्धि भएको छ।
मारुती सुजुकीले पछिल्ला चार हप्तामा झण्डै चार लाख बुकिङ प्राप्त गरेको छ, जसमा करिब ८० हजार बुकिङ अल्टो के१०, एसप्रेसो, सेलेरियो र वागनआर जस्ता मोडलको लागि रहेको छ । कम्पनीका बिक्री तथा मार्केटिङ प्रमुख पार्थो बनर्जीले भने, “हामीले हाम्रा शोरूममा धेरै हेलमेटहरू देख्न थालेका छौं, जसले स्पष्ट संकेत गर्छ कि दुई पाङ्ग्रे सवारीका मालिकहरु अहिले आफ्नो पहिलो कार किन्न आएका छन्। नयाँ ग्राहकको आगमनले साना कार बजारमा नयाँ जीवन दिएको छ।”
साना कारको यो उछाल केवल मारुतीसम्म सीमित छैन। टाटा मोटर्सले पनि चाडपर्वको मौसममा बिक्रीमा उल्लेखनीय वृद्धि गरेको छ। कम्पनीका प्रमुख वाणिज्य अधिकृत अमित कामतका अनुसार, “हाम्रा ह्याचब्याक मोडलहरू टियागो र अल्ट्रोजले गत वर्षको तुलनामा यस वर्षको चाडपर्वमा ४५ प्रतिशत बढी बुकिङ हासिल गरेको छ । बुकिङ मात्र होइन, डेलिभरीमा पनि स्पष्ट वृद्धि देखिएको छ।”
साना कारहरूको यो बढ्दो लोकप्रियताले देखाएको छ कि भारतको कार बजारमा अझै पनि किफायती र व्यवहारिक सवारी साधनप्रतिको आकर्षण बलियो छ। जीएसटी कटौतीपछि उपभोक्ताको विश्वास पुनः फर्किँदै जाँदा, साना कारहरूले फेरि आफ्नो पुरानो चमक फिर्ता ल्याइरहेको छ ।
सुजुकीले भारत मोबिलिटी एक्सपो–२०२५ मा सार्बजनिक गरेको बिद्युतिय कार...
मारुती सुजुकीले केही दिन पहिले प्रिमियम एमपीभी ‘इन्भिक्टो’ लाई भारतमा...
जापानी कम्पनी सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक टु ह्विल लन्च गर्ने घोषणा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...