काठमाडौंबाट हराएका ५० मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं–काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजी...
काठमाडौं – ट्राफिक प्रहरीद्वारा मोटरसाइकलको विभिन्न पार्टपुर्जाहरु फेरेर स्वरुप परिवर्तन तथा ध्वनी प्रदूषण गरी समाजमा शान्ति सु–व्यवस्था खलल पार्ने गरेको आरोपमा काठमाडौं र पोखराका विभिन्न स्थानबाट मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट २०० वटा मोटरसाइकलहरू तथा जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा १०४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको बताइएको छ ।
जेनजी आन्दोलनपछि उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकलले ध्वनी प्रदुषण गरेको गुनासो आएपछि बिहीबारमात्रै उपत्यकाका विभिन्न स्थानबाट करिब २ सयवटा स्वरुप परिवर्तन गरिएका मोटरसाइकललाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
सवारी तथा यातायात व्यवस्था ऐनले कम्पनीले तोकेको मापदण्ड अनुसार मात्र सवारी सञ्चालन गर्न दिने व्यवस्था गरेको भए पनि पछिल्लो समय धेरै मोटरसाइकल चालकले यो नियम उल्लङ्घन गर्दै मनपरी साइलेन्सर पाइप परिवर्तन गरी चर्को आवाज निकाल्दै चलाउने गर्न थालेपछि कडाइ गर्नुपरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । उनले सडक अनुशासन कायम गर्न ट्राफिक प्रहरी निरन्तर क्रियाशिल रहेको उल्लेख गरे।
चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानुनी तरिकाले परिमार्जन गरिएको साइलेन्सर पाइप गरिएका सवारीसाधनका कारण उत्पन्न हुने ध्वनि प्रदूषणमाथि कडाइ गर्न यो अभियान सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं–काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजी...
काठमाडौं – अफलाइन रूपमा सञ्चालन हुँदै जथाभावी पिक एन्ड ड्रप गर्ने राइड...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा थप १५ दिन दिउँसोको समयमा यातायात बन्द...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...