प्रतिस्पर्धीले मूल्य बढाएपछि रोयल इन्फिल्डलाई झनै सजिलो, उही सेग्मेन्ट तर मूल्यमा लाखौ फरक
आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका...
ट्रायम्फले आगामी वर्षहरूका लागि आफ्नो ठूलो योजना सार्वजनिक गरेको छ। कम्पनीले २०२६ सम्ममा २९ वटा नयाँ मोटरसाइकल लन्च गर्ने घोषणा गरेको छ। यसमा नयाँ मोडलका साथसाथै पुरानो मोडलको अपडेट बाइक पनि समावेश छ ।
ट्रायम्फले ल्याउने नयाँ बाइक चरणबद्ध रूपमा विभिन्न विश्वव्यापी कार्यक्रममार्फत लन्च गरिनेछ । पहिलो चरण अक्टोबर २१ मा लन्च हुनेछ भने दोस्रो चरण नोभेम्बर २०२५ मा लन्च हुनेछ । साथै तेस्रो चरण डिसेम्बर २०२५, चौथो जनवरी २०२६ र अन्तिम पाँचौं चरण मार्च २०२६ मा लन्च हुनेछ ।
यस अवधिभर ट्रायम्फले आफ्ना नयाँ बाइकको टिजर र विवरणहरू क्रमशः सार्वजनिक गर्ने योजना बनाएको छ। नोभेम्बर ११ मा अर्को टिजर जारी गर्दै कम्पनीले आगामी मोडलहरूको थप जानकारी दिनेछ।
नयाँ मोडलहरू मध्ये हालसम्म ७ वटा घोषणा भइसकेको छ । यसमा टीएक्सपी इलेक्ट्रिक मोटरसाइकल रेन्ज, टीएफ ४५० एक्स र दुई क्रस-कन्ट्री मोडल समावेश छ । कम्पनीले बोनभिल लाइनअपमा पनि सुधार ल्याउने तयारी गरेको छ ।
कम्पनीले ट्राइडेन्ट ८०० पनि आगामी वर्षमा लन्च गर्ने अपेक्षा गरिएको छ। सो बाइक ट्राइडेन्ट ६६० को ठूलो संस्करण हुनेछ, जसमा ७९८ सीसी क्षमताको तीन-सिलिन्डर इन्जिन प्रयोग गरिनेछ । ट्राइडेन्ट ८०० नियो-रेट्रो स्टाइल र स्पोर्टी च्यासिस डिजाइनसहित आउनेछ, जसले यसलाई बजारमा निकै आकर्षक बनाउने अनुमान गरिएको छ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका...
इटहरी – ट्रायम्फ मोटरसाइकल नेपालले इटहरीस्थित आफ्नो आधिकारिक डिलर अटो...
काठमाडौं– यामाहा नेपालले देशभरका यामाहा ग्राहकहरूमा उत्साह भर्न ल्याएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...