नेपालमा हालै भित्रिएको बीवाईडी एट्टो १ ईभी टाइमको ‘बेस्ट इन्भेन्सन अफ २०२५’ मा समावेश

नेपालमा हालै भित्रिएको बीवाईडीको इलेक्ट्रिक कार एट्टो १ अर्थात सिगललाई विश्व प्रसिद्ध म्यागेजिन टाइमले सन् २०२५ को सबैभन्दा राम्रो आविष्कार अर्थात ‘बेस्ट इन्भेन्सन अफ २०२५’ मा समावेश गरेको छ । टाइम म्यागेजिनले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा भएका उपलब्धिहरुलाई यो सूचीमा समावेश गर्ने गरेको छ । यसै अनुसार सन् २०२५ को लागि बीवाईडीको सो ईभीले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो । बीवाईडी सिगललाई एउटा अफोर्डेबल अर्थात कम मूल्यको ईभी दर्जामा राखिएको छ ।

नेपालमा बीवाईडी एट्टो १ भनिने सो ईभीलाई विश्व बजारमा सिगल, डल्फिन सर्फ लगायतका विभिन्न नामले चिनिन्छ । विशेष गरी यसलाई बीवाईडी सिगल भनिने कारणले टाइमले पनि यसलाई सोही नाममा समावेश गरेको छ ।

टाइमले ट्रान्सपोर्टेसन अन्तर्गत बीवाईडी सिगललाई सो सूचीमा समावेश गरेको हो । टाइम म्यागेजिनका क्रेग विल्सनद्वारा लिखित यस सम्बन्धी विवरणमा ‘यदि तपाई अमेरिकी हुनुहुन्छ भने चाइनिज कार निर्माता कम्पनी बीवाईडीको नाम नसुनेको भए पनि माफ गर्न सकिन्छ, तर विश्वका अधिकांश देशमा बीवाईडी प्रत्येक घरमा सुनिने नाम भइसकेको छ’ भनेका छन् । बीवाईडी सिगल कम्पनीको स्टार र सबैभन्दा कम मूल्यमा उपलब्ध अर्थात ७३ हजार ८ सय आरएमबी वा १० हजार ३ सय डलरमा लन्च गरिएको गाडी भएको बताइएको छ ।

टाइम म्यागेजिनका अनुसार बीवाईडी सिगल एउटा कम्प्याक्ट ह्याचब्याक हो र यसको सामान्य भर्सनमा ३० किलोवाट आवरको ब्याट्री र ५५ किलोवाटको मोटर रहेको छ । यसले १९० माइलको रेन्ज दिन्छ भने ८१ माइल प्रतिघण्टाको गति छ ।

गत जुन महिनामा १० लाख सिगल प्रोडक्सन लाइनमा रोल्ड अफ भएका र यो वर्षमै १५ युरोपेली देशमा लन्च भइसकेको बताइएको छ ।

नेपालमा बीवाईडीका ईभी निकै रुचाइएका ईभीमा पर्छन् । पछिल्लो समयमा भित्रिएका अन्य मोडलका साथै बीवाईडी एट्टो १ पनि उत्तिकै लोकप्रिय छ । गत साउन महिनामा सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा बीवाईडी एट्टो १ लन्च गरिएको थियो ।

वर्ल्ड कार अवार्ड्समा वर्ल्ड अर्वन कार अफ द इयर २०२५ को उपाधि समेत प्राप्त गरेको सो प्रतिष्ठित ईभीले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा आफूलाई एक कदम अगाडि बढाएको छ ।

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी (सीटीबी) टेक्नोलोजी रहेको छ, जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको छ, जुन ईभीका लागि विशेष रुपमा बनेको छ ।

नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी एट्टो १ ईभी उपलब्ध छन् । डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

जीडब्ल्युएमका गाडीमा फाइनान्स सुविधा उपलब्ध गराउन एभरेष्ट बैंकसँग सहकार्यको घोषणा

जीडब्ल्युएमका गाडीमा फाइनान्स सुविधा उपलब्ध गराउन एभरेष्ट बैंकसँग सहकार्यको घोषणा

काठमाडौं – नेपालमा जीडब्ल्युएम अर्थात ग्रेटवाल मोटर्सका सवारी साधन...

जिली ईएक्स५ को आगमनसंगै नेपालमा प्रिमियम विद्युतीय एसयूभीको उदय, के–के छन् आकर्षण ?

जिली ईएक्स५ को आगमनसंगै नेपालमा प्रिमियम विद्युतीय एसयूभीको उदय, के–के छन् आकर्षण ?

आजको नेपालमा कार केवल ‘एउटा सवारी साधन’ मात्र होइन । विशेषगरी काठमाडौं...

चीनले सन् २०३५ सम्म ग्यासोलिन पावर्ड कार फेज आउट गर्ने

चीनले सन् २०३५ सम्म ग्यासोलिन पावर्ड कार फेज आउट गर्ने

चीनले सन् २०३५ सम्म ग्यासोलिन पावरबाट चल्ने सबै कार फेज आउट गर्ने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...