ग्यारो स्कुटर किन्दा नगद छुट, एक्सचेन्ज बाेनस र सरल फाइनान्स सुबिधा

काठमाडौं–ग्यारो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक नेक्स्ट जेनेरेशन प्रालिले तिहार अफर ल्याएको छ । ‘ तिहारमा बिजुलीको राइड, ग्यारोसंग फ्युचर ब्राइट’ नामक उक्त अफर अन्तर्गत ग्राहकले नगद छुट, एक्सचेन्ज वोनस, सरल फाइनान्स सुबिधा र एउटा प्रिमियम हेल्मेट निशुल्क पाउनेछन् ।

सो अफर अन्तर्गत ग्यारो स्कुटर किन्दा ग्राहकले १५ हजार नगद छुट, १५ हजार एक्सचेन्ज बोनस र ६.९ प्रतिशत ब्याजदरमा सरल फाइनान्स सुबिधा पाउने कम्पनीले जनाएको छ । अफर सिमित अवधीका लागीमात्र लागु हुनेछ ।

नेक्स्ट जेनेरेशन प्रालिले बिक्री गर्दै आएको ग्यारो स्कुटरमा ८ किलोवाट आवरको लिथियम आयन ब्याट्री तथा ३ हजार वाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ । २५० किलोमिटरसम्म रेन्ज दिने यस स्कुटरलाई एकपटक फुल चार्ज गर्न जम्मा ७१ रुपैयाँमात्र लाग्ने दाबी गरिएको छ ।

ग्यारोको नेपालभर संचलामा रहेका शोरुमबाट प्राप्त गर्न सकिने यस अफरबाट छिटो भन्दा छिटो लाभ लिन ग्राहकमाझ आह्वान गरिएको छ । ग्यारोको हाल काठमाडौं उपत्यकामा टेकु, महाराजगंज र इमाडोलमा शोरुम रहेको छ भने बाहिर वुटवल, बाग्लुङ, पोखरा, धरान र धनगढीमा थ्री एस सुबिधासहितको नेटवर्क संचालनमा छन् ।

सम्बन्धित समाचारहरू

मःम ईभी स्कुटर : अब नेपालमै !

मःम ईभी स्कुटर : अब नेपालमै !

काठमाडौं – नेपालमै सबैभन्दा मनपर्ने र सांस्कृतिक रुपमा गहिरो ठाउँ...

यस्तो छ टाटा र महिन्द्राले ३ वर्षपछि ल्याउने २ इलेक्ट्रिक एसयूभी  कर्भ  र  विई ०५

यस्तो छ टाटा र महिन्द्राले ३ वर्षपछि ल्याउने २ इलेक्ट्रिक एसयूभी कर्भ र विई ०५

भारतका २ ठूला अटो उत्पादक टाटा र महिन्द्राले ३ वर्षपछि नयाँ प्लेटफर्मममा...

नाडा अटो शो २०२५ मा लन्च भएको बीवाईडी एट्टो २ मा के छन् फिचर र अफर ? विस्तृत जानकारी

नाडा अटो शो २०२५ मा लन्च भएको बीवाईडी एट्टो २ मा के छन् फिचर र अफर ? विस्तृत जानकारी

काठमाडौं – नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...