विशेष अफरसहित वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज हुँदै

वीरगञ्ज – वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ आर्ट शोरुम शुभारम्भ हुने अवसरमा एमएडब्लु वृद्धिले आगामी ३० असोजदेखि चारदिने टेस्ट ड्राइभ र एक्सचेन्जको आयोजना गर्ने भएको छ । सो अवसरमा ग्राहकले दिपल र अवतारका लक्जरियस ईभीको अनुभव गर्नुका साथै सट्टापट्टा गर्न सक्नेछन् ।

यस कार्यक्रमको मुख्य आकर्षण आईएफ डिजाइन अवार्ड विजेता दिपल एस०५ हुनेछ जुन नाडा अटो शो २०२५ मा शो स्टपरका रुपमा स्थापित भएको थियो । रिमोट इन एन्ड आउट पार्किङ, क्विन कोपाइलट सिट र ५ हजारभन्दा बढी चार्ज साइकलयुक्त गोल्डेन शिल्ड ब्याट्री जस्ता अत्याधुनिक प्रविधिका कारण नेपालमा सार्वजनिक भएको दुई महिनामै एस०५ हिट ईभी बन्न सफल भएको बताइएको छ ।

यो विशेष एक्सपिरियन्स र एक्सचेन्जमा दिपल एस०७ आईसीएस, दिपल ई०७, दिपल एल०७ र अल्ट्रा प्रिमियम इन्टेलिजेन्ट एसयूभी अवतार ११ पनि प्रदर्शनमा राखिनेछ ।

ग्राहकहरुले फ्युचरिस्टिक दिपल ईभी मात्र होइन, मानवाकृत रोबोट र कुकुर रोबोटसँग अन्तरक्रिया गर्न सक्नेछन् जुन मधेश प्रदेशमा पहिलो पटक हुन लागेको हो ।

आइतबारसम्म चल्ने यो कार्यक्रममा सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु र बोनस, नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्स, निःशुल्क वाल तथा ट्राभल चार्जर र निःशुल्क एसेसरिज पनि पाइने छ । तसर्थ वीरगञ्ज, जनकपुर, हेटौंडा तथा आसपासका ग्राहकका लागि फ्युचरिस्टिक तथा टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड हुने यो उत्कृट समय हुने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

फोटोन ईभी भ्यानको परीक्षण सम्पन्न, नेपाली सडक उपयुक्त भएको निष्कर्ष

फोटोन ईभी भ्यानको परीक्षण सम्पन्न, नेपाली सडक उपयुक्त भएको निष्कर्ष

काठमाडौं – फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल...

ओलाले एक वर्षमै बेच्यो ४ लाख युनिट इलेक्ट्रिक स्कुटर, बजाज, टीभीएस र एथरको कति ?

ओलाले एक वर्षमै बेच्यो ४ लाख युनिट इलेक्ट्रिक स्कुटर, बजाज, टीभीएस र एथरको कति ?

ओला इलेक्ट्रिक एक क्यालेन्डर वर्षमा ४ लाख युनिट बिक्री गर्ने भारतको पहिलो...

नेटा भीको मासिक किस्ता ५२ हजार, डाउनपेमेन्ट  ७ लाख ६० हजार, प्रतिकिलोमिटर ५० पैसा खर्च

नेटा भीको मासिक किस्ता ५२ हजार, डाउनपेमेन्ट ७ लाख ६० हजार, प्रतिकिलोमिटर ५० पैसा खर्च

फाइनान्स सुविधामा नेटा भी खरिद गर्न चाहने ग्राहकले मासिक किस्ता ५२ हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...